प्याजमा ब्यापक कालोबजारी,बाणीज्य बिभागले चलायौ ‘अप्रेसन प्याज अभियान’

३१ भदौ, काठमाडौं । भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ । कालीमाटी तरकारी बजारमा करिब २४ घण्टाको फरकमै प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् ।

मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पुर्याइएको छ ।
प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ । केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको गुनासो आएपछि बजार अनुमगन थालिएको बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

सोमबार बजारमा ३५ टन प्याज आए पनि मंगलबार प्याज नभित्रिएको उनले बताए । बिगतको प्याजको आयात हेर्दा नेपाली बजार प्याजका लागि भारतमै निर्भर देखिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ । दुई महिनामा ३४ सय टन प्याज बजार भित्रिदा जम्मा तीन टन मात्रै नेपाली प्याज आएको उनको भनाइ थियो ।

यता बजारमा प्याज नपाईएको ब्यापारी ले गुनासो गरेका छन् सतुङगलका खुद्रा ब्यापारी दशरथ बास्तोला सधै झै तरकारी लिन कालिमाटी गए त्यहा प्याजको थोक मुल्य एकसय तिस रहेको बताए’ उनले थपे यति महङगो मा किनेर कतिमा बेच्ने भारतले प्याज निर्यात रोकेपछि नेपाली बजारमा प्याज पाइन छोडेको कालीमाटीका व्यापारीहरुको तर्क छ । भारतबाट आउन छोडेपछि बजारमा प्याजको अभाव भएको कालीमाटीका आलु–प्याज व्यापारी दधिराम उप्रेतीको दाबी छ । ‘हिजोबाट प्याज आउन छोड्यो, बजारमा प्याज पाइएको छैन,’ उप्रेतीले भने । मागको तुलनामा बजारमा अभाव भएपछि केही व्यापारीले महँगोमा प्याज बिक्री गरेको हुन सक्ने उनको भनाइ छ ।

भन्सारमा भारतले रोकेपछि लोड गाडी पनि नेपाल आउन नपाएको उनको भनाइ छ । नेपाली प्याज बजारमा नभएको र भारतकै भर पर्दा समस्या परेको उनले सुनाए । यता वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु भएको जनाएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जनाएको छ ।