नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी पोखरेल

  • 225
    Shares

काठमाडौं, ३० वैशाख
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी विश्वराज पोखरेललाई चयन गरेको छ । एसएसपी वाट डिआईजीमा वढुवा भए संगै पोखरेलाई प्रवक्ताको जिम्मेवारी पाएका हुन ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमासञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपालप्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको केन्द्रिय प्रहरी कार्यालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने बताएको छ ।

प्रकाशित : २०७६, ३० बैशाख सोमबार २०:४८