प्रदेश १ सरकारद्वारा एक करोडको चेक हस्तान्तरण

तस्विर : मुख्य मन्त्री राउतको फेसवुकवाट
  • 7
    Shares

जनकपुर  ३० वैशाख बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं १को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १का मुख्यमन्त्री शेरधन राइले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं. १ ले सानो सहयोग गरेर प्रदेश नं  २को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं. १ ले सानो सहयोगले पनि पिडितहरुका लागि ठुलो सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए ।प्रदेश प्रदेशको एकताले नै समृद्ध समाज निमार्णमा महत्वपुण टेवा मिल्ने वताए । विपतीमा सवैको साथ र सहयोग भएको खण्डमा मात्र सवैलाई राहात मिल्ने उनको भनाई थियो ।

बारा पर्सामा चैत्र १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको हो भने करोडौको धनमालको क्षति भएको छ ।

प्रकाशित : २०७६, ३० बैशाख सोमबार २२:२०