नेपाल र भियतनामबीच १६ बूँदे सम्झौता

  • 11
    Shares

काठमाडौँ, बैशाख ३०  नेपाल र भियतनामबीच फरक-फरक बुँदामा द्वीपक्षीय सम्झौता भएको छ ।

व्यापार अभिवृद्धिलाई नयाँ उचाईमा पुर्याउने लगायत विभिन्न १६ बूँदामा सम्झौता भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा सो सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गरेका छन् ।


प्रकाशित : २०७६, ३० बैशाख सोमबार २२:३१