समाजको बिकृतिलाई गितको माध्यवाट उजागर गर्दे ; कार्की

  • 33
    Shares

काठमाडौं । पछिल्लो समय काठे भाकामा ख्याती कमाउन सफल गायक तथा सर्जक रामकुमार कार्कीको ‘जे गरनी चल्यो’ गित भिडियो सार्वजानिक भएको छ ।

घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट श्रोता माझ ख्याती कमाउन सफल कार्कीको ‘जे गरनी चल्यो’ बोलको गित भिडिया सार्वजानिक भएको हो ।

दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले समाजका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको उक्त गीतमा रामकुमार कार्की र पार्वती कार्कीको स्वर रहेको छ ।

रामकुमार पौडेलको लय तथा शब्द सृजना रहेको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको अभिनय रहेको छ । सो गीतको भिडियो निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश डिसीले गरेका छन् ।

कुनै पनि लोक तथा दोहोरी तयार गरिसकेपछी त्यसमा सामाजिक यथार्थता हुन पर्दछ र त्यो गीतबाट समाजमा कुनै न कुनै सकारात्मक संदेश प्रबाह हुन पर्दछ, मान्नेता राख्ने रामकुमारले यस पटक भने “जे गरेनी चल्यो” बोलको गीत लिएर आएका हुन् । यस गीतको भाव अनुसार नेतृत्व तहबाट राष्ट्रमा भएगरेका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको कार्कीले वताए ।

प्रस्तुत गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेल द्वारा लय तथा शब्द सृजनाले सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् ।

https://www.youtube.com/watch?v=pcjrCoWDe10&feature=share&fbclid=IwAR2CuOsPKwVaD_DD3lIiatn81TW2I5Az9LMwO4hK8HaANuQ6XsQ6RPYVYoQ

प्रकाशित : २०७६, १ जेष्ठ बुधबार २०:५१