बौद्ध सडकको कालोपत्रे शुरु

  • 6
    Shares

१, जेठ,काठमाण्डौ लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेर आन्दोलन पश्चात बौद्ध क्षेत्रको सडक कालोपत्रेको काम शुरु भएको छ ।

त्यस क्षेत्रका स्थानिय र व्यापारीको विरोध पश्चात बौद्ध क्षेत्रको सडक कालोपत्रेको काम शुरु भएका हो ।बैशाख २५ र २६ गते आन्दोलन गरेका स्थानीय तथा बौद्ध ब्यापार संघका प्रतिनिधि र जनप्रतिनिधिहरु विच काठमाडौं महानगरपालिका वडा नं ६ को कार्यालयमा भएको बैठकले तत्काल काम शुरु गर्ने ठेकेदारको प्रतिवदत्ता पश्चात आन्दोलन रोक्ने सहमति भएको थियो । सोहि सहमति अनुसार अहिल्य काम सुरु भएको हो ।

केहि दिन अगाडी बौद्धका स्थानीयबसीहरुले सडक कालोपत्रेको माग गर्दै आन्दोलन गरेका थिए । छिटो सडक मर्मत तथा सुधार चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धँुवाधुलोबाट मुक्त हुनुप¥यो को माग गर्दे बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पार पछि त्यस क्षेत्रमा तनाव सृजना भएको थियो ।

प्रकाशित : २०७६, १ जेष्ठ बुधबार २२:००