२० वर्षीय ती युवतीमाथि एसिड प्रहार गर्ने आफ्नै श्रीमान प्रहरीको नियन्त्रणमा

  • 4
    Shares

रोसन दानी

काठमाडौं– काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।
बुधबार साँझ २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भए पछि फरार अभियुक्त खोजन काठमाण्डौ प्रहरी तत्कालै परिचालित भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले एसिड प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा आईसकेको जानकारी दिए ।काठमाडौंका प्रहरी प्रमुख सुवेदीले एक युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति आफैनै श्रीमान रहेको प्रारभिक अनुशन्धान वाट खुलेको वताए ।

सुवेदीका अनुसरा काभ्रेका विष्णु भुजेलले आफ्ैनै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भए पछि तत्काल भुजेललाई काठमाण्डौ काडाघारी सनसिटी वाट पक्राउ गरेको वताए ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका भईरहेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७६, १ जेष्ठ बुधबार २३:००