प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालबाट नवनिर्मित व्यारेक भवन उद्घाटन

धनुषा, २ जेठ २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले जनकपुर उपमहानगरपालिका ४ स्थित जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवनको बिहीवार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पालले नयाँ सुविधा सम्पन्न भवनसँगै नयाँ सोचकासाथ प्रहरी कर्मचारीहरुले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी, संचारकर्मीहरु लगाएत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६, २ जेष्ठ बिहीबार २०:२२