पारिवारीक दरार पछि एसिड प्रहार : गल्ती सुर्कादै भुजेलले दिए यस्तो बयान

काठमाडौं–बुधवार साँझ प्रहरीको मा घण्टी बज्यो, कालोपुलमा एक युवती माथी एसिड प्रहार भयो । काठमाण्डौ प्रहरी तत्कालै घटना स्थल तर्फ परिचालित भईहाल्यो ।

एसिड प्रहार वाट घाईते एक युवतीलाई तत्कालै ओम अस्पताल पुयाईएको थियो । उनी थिईन २० वर्षीया जेनी खड्का एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले बताएको थियो ।

जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै काभ्रेका वर्षीय विष्णु भुजेल पक्राउ परे । प्रहरी अनुसन्धानका क्रममा उनी जेनीकै श्रीमान भएको खुल्न आयो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भुजेललाई काँडाघारी सनसिटी अपार्टमेन्ट नजिकैबाट पक्राउ गरेको थियो ।

काठमाण्डौ प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले नजिकैको एक भट्टी पसलमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा उनी पक्राउ परेको बताए ।
श्रीमतीलाई कालोपुलमा एसिड प्रहारपछि उनी सो भट्टीमा मदिरा सेवन गर्न पुगेको अनुशन्धान वाट खुलेको थियो ।

प्रहरी प्रमुख सुवेदीका अनुसार भुजेलले विभिन्न प्रलोभन देखाउँदै जेनीलाई १० कक्षामा पढ्दापढ्दै गर्दा ६ वर्षअघि भगाएका थिए । त्यतिबेला जेनी १४ १५ वर्षकी मात्र थिईन ।

बिहे भएको ३ वर्षपछि उनीहरुल छोरा जनमाएको खुल्न आएको छ । प्रहरीका अनुसार भुजेलको जेठी श्रीमती पनि रहेको जेनीले पछिमात्रै थाहा पाएकी थिइन् । सोही थाहा पाएपछि उनीहरुबीच असमझदारी बढ्न थालेको र पछिल्लो समय उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । भुजेल काभ्रेमै बस्थे भने जेनी कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बेला–बेला भुजेलले जेनीलाई आफूसँग बस्न आग्रह गरेपनि जेनीले नमानेपछि कुनै पनि बेला मारिदिने धम्की दिने गर्थे । भुजेलले प्रहरी समक्ष श्रीमती आफूसँग बस्न नमानेपछि एसिड हानेको स्वीकारेका छन् ।

विष्णुले जेनीलाई एसिड प्रहार गर्दा जेनीकी ९ वर्षकी बहिनी पनि साथैमै रहेको एक प्रत्यक्षदर्शीले बताए । यद्यपि जेनीकी बहिनीलाई भने एसिड लागेको छैन । भुजेलको पहिलो श्रीमती हाल वैदेशिक रोजगारीको क्रममा खाडीमुलूकमा रहेको बताइएको छ ।

जेनीको अवस्था चिन्ताजनक
एसिड हानेलगत्तै भुईंमा ढलेकी जेनीलाई २० मिनटमै चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचार भएपछि उनलाई कीर्तिपुरस्थित फेक्ट अस्पताल रिफर गरियो ।हाल उनको कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ ।