चन्द्रागिरी रेडक्रसभित्र देखिएकोको राजनीति अन्त्यका लागि मेरो उम्मेद्वारी

राजेश घिमिरे सभापति उम्मेद्वार

  • 1.1K
    Shares

विस २०३० चन्द्रागिरी १२ बलम्बुमा जन्मनुभएका राजेश घिमिरे सामाजिक अभियान्ता हुनुहुन्छ । सहकारी क्षेत्र, रेयुकाई ,सर्भिस सिभिल ईन्टरनेश्नल र विभिन्न व्यापार व्यवसायमा लागेर चन्द्रागिरीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका घिमिरे सन् २००४ मा नेपाल रेडक्रम सोसाईटी पश्चिम भेग राजमार्ग उपशाखा (पभेरा)को संस्थापक उपकोषाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसक्नुभएको छ । अहिले उक्त शाखाको नाम परिवर्तन भएर नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखा भएको छ । व्यक्तिको शासनलाई होइन विधिको शासनलाई सर्वपरी ठानेर नेपाल रेडक्रसको संस्थापक उपकोषाध्यक्ष बन्नुभएका घिमिरे पछिल्लो समय रेडक्रसभित्र देखिएको राजनीतिलाई अन्त्य गर्न सभापति पदमा उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ । हरेक चार÷चार वर्षमा हुने पाँचौ कार्यसमितिको निर्वाचन भोलि ११ बजेदेखि ४ बजेसम्म चन्द्रागिरीको बलम्वु माध्यामिक विद्यालयमा हुँदैछ । कुल ४१० सदस्यले मतदान गर्न पाउने उक्त निर्वाचनका लागि अध्यक्षमा उम्मेद्वारी दिन लाग्नुभएका सामाजिक अभियान्ता घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश ।

  1. नेपाल रेडक्रस सोसाईटी चन्द्रागिरी उपशाखाको सभापतिमा तपाईँको उम्मेद्वारी किन ?
    म एक सामाजिक अभियान्ता हुँ । सामाजिक क्षेत्रको माध्यामबाट चन्द्रागिरीको विकासका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हो । म यस संस्थाको संस्थापक उप कोषाध्यक्ष र कोषाध्यक्ष भएर यसअघि नै काम गरिसकेको मान्छे हुँ यस संस्थामा धेरै राजनीतिक भयो । यो राजनीति अन्त्य गरी आहतलाई राहत दिलाउने
  2. संस्थाको रुपमा रेडक्रसलाई विकास गर्नका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हुँ ।
    तपाईँलाई किन भोट दिने त ?
    यस उप −शाखा स्थापना भएको १६ वर्ष पुग्न लागेको छ । संस्थाभित्र धेरै राजनीति भयो उक्त राजनीतिको अन्त्यका लागि मेरो उम्मेद्वारी हो । रेडक्रसको अभियान्ता हेनरी डिउनाले रेडक्रसलाई राजनीतिक गर्ने थलो बनाउनु हुँदैन भन्ने कुरालाई सावित गर्दै स्वतन्त्र रेडक्रस निर्माण गर्ने मेरो उदेश्य हो । रेडक्रस राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा विकास हुँदै गएकाले यसलाई हटाउनका लागि मलाई भोट दिन आग्रह गर्दछु ।
  3. तपाईँ विजयी हुनुभयो भने रेडक्रसलाई कस्तो बनाउनुहुन्छ ?
    एकदमै राम्रो प्रश्न गर्नुभयो, अवश्य नै म सभापतिमा विजयी भयाँभने रेडक्रसलाई राजनीतिमुक्त रेडक्रस निर्माण गर्नेछु । रेडक्रस उपशाखाको स्थापना भएको १६ वर्ष पुगिसक्दा पनि अहिलेसम्म कार्यालय त परै जाओस् एउटा कोठापनि छैन । म रेडक्रसको एउटा भवन निर्माणका लागि पहल गर्नेछु । यस्तै, युवा पुस्तालाई रेडक्रसको बारेमा जानकारी गराएर जतिसक्दो धेरै युवा सहभागिता बढाउँछु । म विजयी भए पछि १६ वर्ष सम्म एउटा कोठाको पनि व्यवस्था नगरेको अवस्थामा त्यसको अन्तय गर्दे म कार्यालयको कोठा व्यवस्थापन गर्दछु साथै । दहचोकमा रहेको रेडक्रसको जग्गामा भवन वनाउने छु । युवाहरुमा रेडक्रसको विकास र सामाजिक रुपान्तरणमा हामी सवै मिलेर समृद्ध चन्द्रागिरीको विकासका लागि महत्वपुर्ण भुमिका खेल्ने छु ।
  4. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
    चन्द्रागिरी भित्र पर्नसक्ने विपद्को सामना गर्न नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखालाई राजनीतिमुक्त बनाउन मलाई भोट हालेर विजयी गराउन सबै मतदातालाई हार्दिक आग्रह गर्दछु । म विजयी भयाँभने पद ओगटेर बस्ने तर काम नगर्ने व्यक्तिलाई पाखा लगाउँदै युवाहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।
प्रकाशित : २०७६, १० जेष्ठ शुक्रबार १२:४५