बम एकासी पड्कियाे,दुई विप्लव घाईते, कार्यक्रतालाई उद्धार गरि प्रहरीले अस्पताल (फाेटाे सहित)

  • 14
    Shares

काठमाडौंकाे चन्द्रागिरीमा ३ प्रेसर कुकर बम विस्फोट भएकाे छ।

काठमाडौं चन्द्रागिरीस्थित आदिनारायण इँट्टाभट्टामा आफैंले बाेकेकाे बम विस्फोट हुँदा दुई विप्लव कार्यक्रता गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा चन्द्रागिरी ३ का वर्ष विक्रम लामा भने अाकाश लामा र बुद्ध लामा भएकाे प्रहरीले बताएको छ।

महानगरीय प्रहरी बृत्तका प्रमुख कुमार विक्रम थापाले घाइतेकाे विप्लप माअाेवादीका कार्यक्रता विक्रम लामा भने अाकाश लामा लाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कंलकी र बुद्ध लामालाई बिरअस्पताल लगिएकाे प्रहरी बताए ।

प्रहरी प्रमुख थापाले भने, “घटनास्थलमा प्रहरीले २ थान माेबाइल र तीन थान सिम बरामद गरिएकाे छ” ।

प्रहरीले उनीहरूले चढेकाे बा २८ प ८१४५ काे माेटरसाइकल विस्फोट पछि लडेकाे अवस्थामा घाईतेका ज्याकेट बरामद गरेकाे थियाे । घटना स्थल वर पर र चन्द्रागिरी नगरपालिका भर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीकाे बाक्लाे उपस्थित रहेकाे छ । अहिले साे क्षेत्र पुरै सुरक्षा घेरामा राखिएकाे हाे ।

प्रकाशित : २०७६, १३ जेष्ठ सोमबार ००:१२