मोदीको शपथ ग्रहण समारोहमा ओलीलाई पनि निम्तो

file photo
  • 67
    Shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यही जुन ३० तारेख अर्थात् आगामी बिहीबार गर्ने शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्तो गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने तयारीमा छन् ।
मोदीको शपथ ग्रहण कार्यक्रम भारतको राष्ट्रपति भवनमा आगामी बिहीबार साँझ ७ बजे हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

सन् २०१४ मा मोदीले आफ्नो शपथ ग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो गरेकोमा यसपालि भने बिमस्टेक राष्ट्रका कार्यकारी प्रमुखलाई बोलाएको छ ।

यस सम्बन्धी निम्तो पठाइसकिएको भारतीय विदेश प्रवक्ताले जनाएका छन् । भारतीय जनता पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा यसपालि सार्कको नाम नलिइ बिमस्टेकको मात्रै नाम लिइएको थियो । बिमस्टेकमा दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका ५ मुलुक सदस्य छन् ।जसमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटान सदस्य छन् ।

प्रकाशित : २०७६, १४ जेष्ठ मंगलवार १७:०३