बाडभन्ज्याङमा ९२ रोपनी २ आना जग्गा मालपोत कार्यालय कलंकीले सुयल हाउजिङ कम्पनीका नाममा, मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारलाई २ करोड २१ लाख रुपैयाँ नोक्शान र्पुयाएको अभियोगमा कलंकी मालपोत कार्यालयका अधिकृत शिवप्रसाद रिमालसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

  • 13
    Shares

१४ जेठ, काठमाडौं । भुमाफियाहरुको चङगोलमा परेर व्यक्तिको नाममा गरेको सामुदायिक बनको जग्गा व्यक्तिको नाउँमा बनाउने मातपोत अधिकृतसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सामुदायिक वनको जग्गा व्यक्तिको नाममा दर्ता गराई सरकारलाई २ करोड २१ लाख रुपैयाँ नोक्शान र्पुयाएको अभियोगमा कलंकी मालपोत कार्यालयका अधिकृत शिवप्रसाद रिमालसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने मातपोत अधिकृतसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चन्द्रागिरीको साविक बाडभन्ज्याङ गाविस ३क पातले तथा ठोस्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको कित्ता नम्बर १०१ को ९२ रोपनी दुई आना जग्गा व्यक्ति करण गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

भू माफियाहरुले मिनाकुमारी थापालाई नक्कली मोही बनाई सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता कायम गरी पुर्जासमेत बनाएका थिए ।

उपभोक्ता समितिलाई थाहै नदिई उक्त बन क्षेत्र व्यक्तिको नाममा पुगेपछि अख्तियारमा उजुरी दर्ता भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मातपोत अधिकृत रिमाल, नायब सुब्बा हरिप्रसाद आचार्य र मिनाकुमारी थापा, सुयल हाउजिङ प्रालिका सञ्चालक राजकुमार सुयल थापा, दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पहिले उक्त जग्गाको सुयल हाउजिङका सञ्चालक राजकुमार सुयल थापाकी दिदी तथा मालपोत कार्यालयकी नायब सुब्बा मिनाकुमारी थापाको नाममा जग्गाधनी प्रमाण पूर्जा बनाइएको थियो ।

पछि उक्त जग्गाधनी प्रमाणपूर्जा अदालतमा पेश गरी मिलापत्रको नाममा मालपोत कार्यालयका कर्मचारीलाई अनुचित प्रभावमा पारी कम्पनीको नाममा दर्ता गरेको अख्तियारको भनाइ छ । उक्त जग्गा कम्पनीको नाममा दर्ता गर्दा सरकारलाई २ करोड २१ लाख रुपैयाँ घाटा भएको अख्तियारको दावी छ ।

प्रकाशित : २०७६, १४ जेष्ठ मंगलवार १८:०९