विश्व स्काउट भेलामा नेपालको झण्डा फहराइँदै

  • 121
    Shares

काठमाडौं नेपाल स्काउटका प्रथम सगरमाथा आरोही य’वा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् ।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला ह’ने समारोहमा ल’इँटेलले फहराउन लागेका हुन् ।

अमेरिकाको वेस्ट भर्जि्नियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइँटेलले बताए । कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।

पहिलो पटक २ चैत ७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भुकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए ।

पछि पुनं ७ जेठ ७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले जेठ ७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए ।

प्रकाशित : २०७६, २१ जेष्ठ मंगलवार २०:४५