युवा नेता दिपक खड्काको नेतृत्वमा धनकुटा काँग्रेस जाग्यो

  • 12
    Shares

धनकुटा, २१ जेठ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दिपक खड्काको नेतृत्वमा धनकुटा काँग्रेस जागेको छ ।

पार्टीले भर्खरै घोषणा गरेको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानका क्रममा केन्द्रीय प्रतिनिधीका रुपमा धनकुटा खटिनुभएका नेता खड्काको अगुवाईमा धनकुटा काँग्रेस थप मजबुद बनेको हो ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका सबै स्थानीय तहमा आयोजित कार्यक्रममा उहाँले सम्बोधन गर्दै सरकार लुट मच्चाउन उद्धत रहेको बताए । “जनता विरामी भएको बेला स्टेचरमा हिँड्न र सिटामोल खान पाएका छैनन, वर्तमान सरकार एनसेल, ठेक्कापट्टाका नाममा देशलाई लुटिरहेको छ,”–उनले भने । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री खड्काले तत्कालिन काँग्रेसको तर्फबाट प्रधानमन्त्री बन्नुभएका कृष्णप्रसाद भट्टराईलेको सपना पुरा गर्न बहुप्रतिष्ठीत मेलम्ची खानेपानी आयोजनाको काम अगाडि वर्तमान सरकार उक्त खानेपानी आयोजना पुरा नगरी पैसा कमाउने दाउमा लागेको उल्लेख गरे ।नेता खड्काले संसदीय व्यवस्था कम्युनिष्टको व्यवस्था नभई काँग्रेसले अगाडि सारेको व्यवस्था भएकाले सैद्धान्तिक हिसाबले काँग्रेसको विजय भएको स्पष्ट पारे । काँग्रेसले कम्युनिष्टलाई संसदीय व्यवस्थामा प्रवेश गराएको छ, त्यसैले काँग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने उनको भनाई छ । नेता खड्काले संसदमा प्रधानमन्त्रीले बोलेको भाषा संसदको गरिमा विपरीत भएको बताए ।

उनले पार्टीबाट घोषणा भएको राष्ट्रिय जागरण अभियानले काँग्रेसलाई गल्ती सच्याएर अगाडि बढ्न ठूलो मद्धत पुगेको बताए । नेता खड्काले धनकुटाको पार्टी सुढृढीकरणका लागि समेत महत्वपूर्ण भूमिका खेलेका छन । उनको नेतृत्वमा शुरु भएको जागरण अभियानका क्रममा विभिन्न कारणले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी २०० भन्दा धेरै नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

यस्तै, धनकुटा नगर क्षेत्रमा पार्टी संगठनलाई सुदृढ गर्दै सशक्त बनाउने उदेश्यले शुरु भएको राष्ट्रिय जनजागरण अभियान सम्पन्न समेत भएको छ ।

संगठनलाई विस्तार गर्नका लागी नगर क्षेत्रको वडा तह ,टोल तहसम्म पुग्ने उदेश्यले गत महिनाको बैशाख २५ गते देखी संचालन भएको जनजागरण अभियान सम्पन्न भएको हो ।

नेता खड्काले जागरण अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने काँग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, प्रदेश एकका प्रदेश सभा सांसद लिला सुब्बा, काँग्रेस धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ, उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई,क्षेत्रिय सभापति जितेन्द्र राईलगायतलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित : २०७६, २१ जेष्ठ मंगलवार २२:०२