बुधबार सार्वजनिक बिदा

  • 41
    Shares

काठमाडौं २१ जेठ नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘इदुल्ल फित्र’ को अवसरमा सरकारले एक विज्ञप्तिमा जारी गरि विदा गरिएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले बताए ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले यो निर्णय गरेको शाखा अधिकृत अशोककुमार राईले बताए ।

प्रकाशित : २०७६, २१ जेष्ठ मंगलवार २२:१३