नागढुंगाले लागुऔषध सहित एक पक्राउ

  • 154
    Shares

काठमाण्डौ ÷२७ जेठ  महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभागनागढुंगाका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार बिक्रम थापाका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा स्थित चेक जाँचको क्रममा बुटवल बाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु २ ख ७५५ नम्बरको को यात्रु बाहक बस वाट डाईजेपाम २४० एम्पल, फेनारगन २४० एम्पल र नुफिन २४० एम्पल सहित एक जनालाई पक्राउ गरिएको बताए ।

थानकोट प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उ.म.न.पा वडा नं. ७ घर हुुने वर्ष २३ को गोविन्द आर्चाय रहेका छन् ।

आर्चायले झोला भित्र लुकाई छिपाई लिई आएको अबस्थामा प्रहरीले तरुन्त नियन्त्रणमा लिएको हो । आर्चायलाई नियत्रित लागुऔषध ऐन अन्तर्गत म्याद थप गरी मुद्धा चलाईने थानकोट प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, २७ जेष्ठ सोमबार १९:१२