भक्तपुर हत्याकाण्ड : १९ वर्षपछि अभियुक्त पक्राउ

  • 37
    Shares

अच्युत रेग्मी
काठमाडौँ, ः नेपाल प्रहरीले भक्तपुर कटुञ्जेकी ४४ वर्षीय विजयश्वरी प्रजापतिको हत्यामा संलग्नलाई १९ वर्षपछि पक्राउ गरेको छ ।
नेपाल प्रहरीकोे केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०५७ असार ८ गते आफ्नै घरमा काम गर्ने व्यक्तिले रिसका कारण कुटो हानेर हत्या गर्ने कार्यमा संलग्न पर्साका देवीरमण अधिकारीलाई शनिबार रुपन्देहीबाट पक्राउ गरेको हो ।
ब्यूरोले आज पत्रकार सम्मेलन गरी स्वर्गीय प्रजापतिको घरमा घरेलु काममा रहेका अधिकारीले आफुले काम गरेको सात महिनाको तलब वापत्को रु ११ हजार माग्दा मृतक प्रजापतिले दिन ढिलाई गरेपछि हत्या गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक निरजकुमार शाहीले स्वर्गीय प्रजापतिले पैसा नदिएर उल्टै रु तीन हजार रकम अधिकारीले चोरेको आरोप लगाएपछि अधिकारीले हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
यसरी भएको थियो घटना
मृतकका श्रीमान् तुलसीभक्त प्रजापति तत्कालिन पर्सा जिल्ला वन कार्यालयमा प्रमुखका रुपमा कार्यरत रहँदा सोही स्थानमा करारमा कार्यरत अधिकारीलाई आँफु सरुवा भएपछि आफ्नो घर भक्तपुरमा घरेलु कामदारका रुपमा राखेेका   थिए ।
विस २०५७ असार ५ गते अधिकारीले आफुले काम गरेको रकम मागेपछि मृतक प्रजापतिले नदिएर असार ७ गते उल्टो तीन हजार रकम चोरेको आरोप लगाएपछि असार ८ गते अधिकारीले कुटो र छुरा प्रहार गरेर प्रजापतिको हत्या गरेका थिए ।
कुटो र छुरा प्रहारबाट मृत्यु भएकी प्रजापतिको साथमा रहेको ८ तोला सुन, नगद रु ६ हजार, चार हजार पर्ने ज्याकेट चोरेर भारत फरार भएको ब्यूरोले जनाएको छ ।
घटना घट्दा श्रीमान् मध्यमाञ्चल क्षेत्रीय वन कार्यालय हेटौँडामा कार्यरत र १४ वर्षीया छोरी र १२ वर्षीया छोरा विद्यालय गएकाले घटना दिउँसो घटेपनि बेलुकामात्र थाहा भएकाले अपराधीलाई तत्काल पक्राउ गर्न गाह्रो भएको थियो ।
दिउँसो घटना घटेपनि मृतकका छोराछोरी विद्यालय गएर फर्किएपछि मात्र घटनाको बारेमा जानकारी भएकाले प्रहरीलाई ढिला खबर गरेकाले घटनामा संलग्न अधिकारी भारत फरार भएकाले पक्राउ गर्न समय लागेको व्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।
“हत्या गरेर फरार रहेका अधिकारी भारतमा पक्राउ पर्ने डरले प्रकाश अधिकारीको नाममा नक्कली नाम राखेर सवारी अनुमतिपत्र बनाएर भारतका विभिन्न स्थानमा सवारी चलाउँदै आएको अनुसन्धानमा खुलेको छ,”–प्रवक्ता रेग्मीले भने ।
घटनापछि चारपटक नेपालको घरमा आएपनि पक्राउ परीने डरले घरभित्र लुकेर बस्ने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त भक्तपुरको जिम्मा लगाएको ब्यूरोले जनाएको छ ।
घटना पत्ता लाग्नेमा आशावादी थिए : मृतकका श्रीमान्
मृतकका श्रीमान् तुलसीभक्त प्रजापति घटना घटेको १८ वर्ष पुरा भएपनि घटना पत्ता लाग्नेमा आशावादी    थिए ।

घटना कसले किन ग¥यो भन्ने बारेमा आफुले किटान जाहेरी प्रहरीसमक्ष दिएकाले ढिलोचाँडो घटना पत्ता लाग्ने उनमा आशा थियो । “घटना भएको दिनमा म हेटौँडामा थिए, भोलिपल्ट मात्र घरमा आइपुँगे तर घटनामा संलग्न व्यक्ति थाहा भएकाले प्रहरीले ढिलोचाँडो घटनाको पत्ता लगाउछ भन्ने मलाई थियो,”–उनले भने ।
अधिकारीलाई प्रहरीले शनिबार रुपन्देहीबाट पक्राउ गरेपनि पक्राउ परेको कुरा आइतबार थाहा पाउँदा आफुले न्याय पाएको उनकाे भनाई थियो ।

प्रकाशित : २०७६, २८ जेष्ठ मंगलवार ०९:५५