चौतर्फी विरोधपछि गुठी विधेयक फिर्ता

  • 9
    Shares

काठमाडौं, ३ असार । चौतर्फी दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको बताइन  ।

यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै सडक र सदनबाट चौतर्फी विरोध भएको थियो ।

प्रकाशित : २०७६, ३ असार मंगलवार २०:११