प्रधानमन्त्री ओलीका सल्लाहकारको घरमा आइजीपीका सुराकी !

 काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालको पद धरापमा परेको चर्चासँगै उनले सक्रियता बढाएको खबर सन्सनी फैलिएको छ ।

स्वघोषितरुपमा आफुलाई साहित्यकारदेखि धेरै भिआइपीहरुको सल्लाहकार हुँ, भन्न रुचाउने ,गफ गर्न सिपालु मानिएका आइजीपी शैलेन्द्र खनालको पछिल्लो सक्रियता बारे प्रधानमन्त्री निवास बालुवाटारमा समेत गम्भिर रुपमा छलफल हुन थालेको हो ।

अरु त अरु प्रधानमन्त्री केपी ओलीका राजनितिक सल्लाहकार विष्णु रिमालकै निवासमा सशस्त्र प्रहरी बलका सुराकीहरु खटिन थाले पछि प्रधानमन्त्री निवास बालुवाटारका अधिकारीहरु चनाखो बन्न थालेका हुन् ।

रिमालकै निवास सशस्त्रका प्रहरीका सुराकीहरु नै खटाउनु पर्ने अवस्था किन आयो आइजीपी खनाललाई ? यस्को भित्रि रहस्य के हो ? रिमाल आफै पनि तनावमा परेका छन् ।

त्यसो त ,रिमाल बालुवाटारबाट बाहिरिँदा समेत ती सुराकीहरुले मोटरसाइकलमा पिछा गर्ने गरेको समाचार स्रोतले जनाएको छ ।

विभिन्न सन्चार माध्यमले शैलेन्द्र खनालको पद धराप भनिरहेका बेला रिमालसँग भिआइपी र सशस्त्र प्रहरी बलका को को ब्यक्तीहरुले भेटेका छन् ? सबै रिपोट राखेको छु, भन्दै हलचोकमा उफ्रिने गरेको खबर स्रोतले न्यूज अभियान डट कमलाई दिएको छ ।

उता रातको समयमा सशस्त्र प्रहरी बलका आइजीपी खनाल किन जान्छन् भारतिय दुतावास ? गम्भिर प्रश्न खडा भएको छ ।

विशेषगरि नेकपा अध्यक्ष प्रचण्ड र प्रचण्ड ज्वाई जिवन आचार्य सँग हित्तचित्त भएका आइजीपी खनालको सक्रियता विवादित देखिएको छ ।

परराष्ट्रको कुटनितिक मर्यादालाई कुल्चिएर उनले एक सेन्ट्रो कार मार्फत पटक पटक भारतिय दुतावास गुहारेको भन्ने खबरले सुरक्षाविद्हरु समेत चिन्तित भएका छन् ।