‘मित्र’ देउवा देख्दा आश्चर्य चकित भए : प्रधानमन्त्री ओली

  • 8
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई देख्दा आफु आश्चर्य  चकित भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा नेपाली कांंग्रेसको अवरोधका कारण मन्तव्य दिन नपाएका ओलीले पत्रकार सम्मेलन गरि यस्तो कुरा बताएका हुन् । कांंग्रेसले बाल हठ देखाएको समेत आरोप लगाएका छन् ।

उनले लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सँगै लडेका मित्र शेर बहादुर देउवाले आफू बोल्न नपाएको भनेर असंसदीय व्यवहार गरेको देख्दा आफूलाई आश्चर्य लागेको बताए ।

प्रधानमन्त्री ओलीले कांग्रेस लोकतन्त्रको आवरणभित्र रहेर काँग्रेसले लोकतन्त्र विरुद्ध षड्यन्त्र गरिरहेको समेत आरोप लगाएका छन् ।उनले मंगलबार काँग्रेसले संसदमा देखाएको व्यवहारले संसदको मर्यादा घटाएको बताए ।यद्यपि आफूले संसदमा बोल्न नपाएकोले पत्रकार सम्मेलनमा बोलेको भने नभएको उनले स्पष्ट पारे ।

प्रकाशित : २०७६, ३ असार मंगलवार २०:२५