चाैडण्डी वेलटारमा ट्रिफरकाे ठक्करबाट दुईजनाकाे घटनास्थलमै मुत्यु

काठमाडौं /४ असार  उदयपुर बेलटार सडक अन्तर्गत चाैडण्डी गडी खण्डमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बा २ ख ७०९ नम्बरको ट्रिपरले स ४प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे घटना स्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा प्रसाद पाैडेले चाैडण्डी गडी नगरपालिका ४ घर हुने ३६ वर्षीय खगेन्द्र राई र साेही घर हुने बर्ष ३५ काे जीवन राईकाे घटना स्थलमै मृत्यु बताए ।

दुर्घटना पछि टिपर चालक भने फरार रहेकाे ईप्रका चाैडण्डीले जनाएकाे छ ।

प्रकाशित : २०७६, ४ असार बुधबार १८:२४