परिवर्तनका संवाहक प्रहरी महानिरीक्षक : सर्वेन्द्र खनाल

    • 592
      Shares

    रोसन दानी काठमाडौँ – सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकमा नियुक्त हुनु अघि प्रहरीको मनोबल निकै खस्किएको थियो।

    कारण थिए प्रहरीका महिनौं देखि रिक्त रहेका सयौं पदहरु जुन पूर्ति हुन सकिरहेका थिएनन् साथै अपराध अनुसन्धानमा संलग्न हुनुपर्ने प्रहरी अधिकारीहरु स्वयं नै अपराधमा मुछिएर धमाधम कारवाही भोग्दै थिए ।

    Sarwarendra Khanal

    यस्तो विषम परिस्थितीमा करिव ७५ हजार प्रहरीको कमाण्ड सम्हाल्न पुगेका आइजिपी खनालका अगाडी चुनौती र अवसर दुवै थिए । एकातिर संगठन सुधार गर्नु पर्ने र सरकारले लिएका “सम्वृद्ध नेपाल, सुखी नेपाली” को नारालाई साकार पार्न शान्ति, सुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गर्नु पर्ने पहिलो शर्त हुने थियो । उनले दुबै काम एक साथ शुरु गरे जस अनुसार शान्ति, सुरक्षा अमनचयन कायम गर्न प्रहरीको मनोबल उकास्नु पर्ने थियो भने प्रहरीमा गाँजिदै गएको भ्रष्ट्रा चारलाई शून्यमा झार्नु थियो।

    प्रहरीको मनोबल उकास्न उनले एक वर्षसम्म रोकिएको बढुवा एवं सरुवालाई प्राथमिकतामा राखेर सोही अनुसारको टिम  समेत छनौंट गरी प्रहरी कर्मचारीहरुको वृत्ति बिकास र वेथिती अन्त्यको लागी अभियान छेड्न निर्देशन दिए । सोही मुताविक प्रहरी जवानदेखि माथिल्लो तहसम्मका करिब ८००० प्रहरी कर्मचारीहरुको बढुवा भयो भने करिब ३०,००० प्रहरी कर्मचारीहरुको अनुकुल स्थानमा सरुवा गरियो।

    सिनियर प्रहरी अधिकृत बढुवा १ बर्षमा ३ पटकसम्म आइजिपी खनालले नै गरी नेपाल प्रहरीको इतिहासमा रेकर्ड राख्न सफल भए। आइजिपी खनालले प्रहरी संगठनको नेतृत्व सम्हालेको केही समयमानै भएको निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणले राजनैतिक रुप लियो ।

    यसलाई एनजिओ एवं आइएनजिओले मलजल गरी आफ्नो अभिष्टक पूरा गर्ने माध्यम बनाए जसको कारण जनमानसमा पहिल्यैदेखि रहेको आइजिपी खनालको उत्कृष्टा छबिलाई केही धमिल्याउन कुचेष्टाल समेत नभएका होइनन् तर उनी त्यसबाट किंचित पनि बिचलित भएनन् ।

    उक्त घटनाको प्रारम्भिक अनुसन्धान (Preliminary Investigation) को चरणमा लापरबाही गरी अनुसन्धान गर्ने जिल्ला प्रहरी प्रमुख लगायतका प्रहरी कर्मचारीहरुलाई बर्खास्त गर्न समेत पछि परेनन् भने उक्त मुद्दालाई संगठनको सम्पूर्ण ईफोर्टलगाउँदै सकारात्मक दिशातर्फ मोड्ने कार्य हालैका दिनमा भएको पाइन्छ। जसरी महाभारतको कथामा गुरु द्रोणाचार्यले रुखको हाँगामा चरा झुण्ड्याई सम्पूर्ण शिष्यहरुलाई के के देख्यौ भनी सोध्दा अर्जुनले मात्र गुरु चराको आँखामात्रै देख्दछु भनी उत्तर दिए पश्चात उनै अर्जुनलाई लक्ष भेदनका लागी अनुमति दिएका थिए त्यसरी नै आइजिपी खनालले समेत निर्मलाको मुद्दामा सोही प्रकृतिको अधिकृतलाई अनुसन्धानको जिम्मा दिएको कुरासमेत अनौपचारिक कुराकानीका क्रममा प्रहरीका अधिकारीहरुले बताउने गरेका छन् ।

    आशा गरौं, त्यो भनाई सत्य हुन सकोस, अपराधीलाई जतिसक्दो छिटो कठघरामा उभ्याउन सकियोस र प्रहरी संगठनप्रति लगाइएको आरोप केवल मित्थ्या सावित हुन सकोस ।

    मुलुकी अपराध संहिता ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ र फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लागू भएपश्चात प्रहरीले गर्ने अपराध अनुसन्धान पनि Technology Based, Evidence Based हुनु पर्ने नै भयो, जसले गर्दा पहिले सुन अनि मात्रै थुन जस्ता सिद्दान्तहरूसमेतलाई ध्यानमा राखी अपराध अनुसन्धान गर्दा हाल ९५५ अपराधको सही अनुसन्धान गर्न प्रहरी सफल भयो ।

    जसरी नङ र मासुको सम्बन्ध छ, त्यसरी नै जनता र प्रहरीबीचको सम्बन्ध रहि आएको छ । जनतासँगको सहकार्य र सहयोगबिना अनुसन्धान एवं शान्ति सुरक्षाको स्थिति मजबुत पार्न नसकिने कुरामा पहिल्यैदेखि नै जानकार आइजिपी खनालले जनतासँग जोडिन समुदाय प्रहरी साझेदारी कार्यक्रम घोषणा गरी योजनाबद्दरुपमा कार्यान्वयनमा लैजाने प्रण गरे, जस जनुसार मुलुकभर रहेका ७५३ स्थानीय तह मध्ये ७५१ स्थानीय तहसँग सम्झौता (Memorandum of Understanding) गरी कार्यान्वयनमा लगियो जुन कार्यले प्रहरी जनतासँग वडा तहमै जोडिन पुगेको छ भने त्यसका नतिजाहरु सकारात्मकरुपमा देखिन थालेको आभास पाइन्छ ।

    नेतृत्व सम्हाल्दाको प्रारम्भिक दिनहरुमा लथालिङ्ग अवस्थामा रहेको प्रहरी संगठनको कमाण्ड कन्ट्रोल मजबुत बनाउने कार्यमा सदैव दत्तचित्त रहने आइजिपी खनालले उच्च तहका सहकर्मीबाट जुनरुपमा साथ सहयोग पाउनु पर्थ्यो त्यो भने पाउन सकेनन् तर फिल्डबाटै खारिएर आएका कारण फिल्डमा खटिएका तल्लोस्तरका कर्मचारीहरुको पीरमर्का देखि माथिल्लो तहका कर्मचारीसम्मको समस्या र कार्य प्रकृति र प्रबृत्तिप्रति जानकार खनालले प्रसिद्द ब्यक्तित्व John A. Lejeune- ‘Leadership is the sum of those qualities of intellect, human understanding, and moral character that enables a person to inspire and control a group of people successfully’ को भनाईलाई सापटी लिदै आफ्नो कमाण्ड मजबुत पारे ।

    त्यसको ज्वलन्त उदाहरण यस पटक उल्लेखनीय कार्य गरेका ६९ प्रहरी कर्मचारीहरुको नामावली प्रहरी प्रधान कार्यालय (प्र.प्र.का.) बाट बिभुषणका लागी सिफारिस भएकोमा ६३ जनाले सम्माननीय राष्ट्रपतिबाट बिभिन्न बिभुषण/पदक पाएका थिए भने सिफारिस वेगर पाउनेको संख्या जम्मा ६ थियो ।

    गत बर्ष प्र.प्र.का.बाट सिफारिस गरिएका ८० जना मध्ये ६६ जनाले बिभुषण/पदक प्राप्‍त गरेका थिए भने ४० जनाले सिधै पहुँचको भरमा पदक प्राप्‍त गरेका थिए जसले गर्दा प्रहरी कर्मचारी संगठन प्रमुखसँग भन्दा अन्यत्रै धाउँदा Command and Control मा समस्या परेकोसमेत सन्देश प्रवाहित हुन गएको थियो भने कतिपय कार्यसम्पादन कमजोर र कारवाही भएका समेतले गत साल पदक प्राप्‍त गर्न सफल हुँदा संगठन भित्र पदकप्रति नै वितृष्णासमेत पैदा हुन पुगेको थियो ।

    ‘One can take a horse to the water but not make it drink’ भन्ने Management or Public Administration को प्रसिद्द भनाइलाई आत्मसात गर्दै आइजिपी खनालले आफ्नो एक वर्षको अवधिमा नराम्रो कार्यमा तल्लीन करिब ३६५० जना प्रहरी कर्मचारीहरुलाई गलत आचरणका कारण बिभागीय कारवाही गरेका छन् भने कर्मचारीको मनोवल उकास्न प्रमोसन, सरुवाका अलवा ५०१९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरेका छन् जसले संगठनले लिएको Reward and Punishment को नीतिलाई तदारुकताका साथ कार्यान्वयन गराई प्रहरी कर्मचारीको Moral Boost-up गर्ने दिशातर्फ डोर्‍याएको आँकलन गर्न सकिन्छ । CIAA सम्बन्धी गरिएको एक सर्वेक्षणले नेपाल मुलुकभर सेवा प्रवाह गर्ने संस्थाहरुमध्ये नेपाल प्रहरी संगठनमा ०.१ प्रतिशत भष्ट्राचार रहेकोले पनि प्रहरीको कार्यशैलीमा व्यापक सुधार भएको देखाउँछ ।

    नेपाल प्रहरीले सूचना प्रविधिमा प्राप्‍त गरेको प्रथमस्थानको अवार्डले गर्दा संगठनको साँख नै जनसमक्ष राम्रो बनाएको छ भने बेरुजु फर्छ्योटमा त नेपाल प्रहरी संगठनले अग्रगामी छलाङ नै मारी आइजिपी खनालका अतिरिक्त बिभिन्न दर्जाका प्रहरी कर्मचारिहरुले नेपाल सरकारबाट पुरस्कार पाएको तथ्यसमेत यहाँनेर स्मरण गर्नु सान्दर्भिक ठहरिन्छ ।

    प्रहरी संगठनमा काजको औचित्यलाई पुष्‍टयाई गर्न आइजिपी खनालले ६ बुदे निर्देशन जारी गर्दै १५ दिनभित्र काजको कार्यान्वयन नगर्ने प्रहरी अधिकारीको रेकर्ड राखी तत्कालै कार्यान्वयन गराई संगठनमै जरा गाडेर बस्ने र आफ्नो स्वार्थ पूर्ति गर्नका लागी खराव आचरणका प्रहरी कर्मचारीको होसहवास नै उडाएका छन् । पछिल्लो समयमा गरिएको बढुवा/ सरुवाको सर्वत्र प्रशंसा हुँदै गर्दा संगठनमा आइजिपीको पकड मजबुद भएको र Right Person in Right Place को अवधारणा लागू भएको तर्फसमेत आम प्रहरी कर्मचारीहरुले अनुभुत गरेको पाइन्छ ।

    समग्रमा भन्दा जनधनको सुरक्षामा आफ्नो जिउज्यान नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी सदैव कार्य गर्न अभिप्रेरित गर्ने आइजिपी सर्वेन्द्र खनालको कार्यशैली कै कारणले समग्र मुलुकभर अपराध नियन्त्रण र अनुसन्धानको कार्यमा सफलता हाँसिल हुँदै गएको तथ्यलाई सुरक्षा र बिकास सँग जोड्दै समुदाय प्रहरी साझेदारीकै माध्यमबाट सम्पूर्ण जनताको होस्टेमा हैंसे नै आजको जरुरत रहेको छ । यसो हुन सकेमा सम्बृद्द नेपाल र सुखी नेपालीको महान यात्रातर्फ मुलुक अग्रसर हुन जाने अपेक्षा गर्न सकिन्छ ।

    प्रकाशित : २०७६, ४ असार बुधबार १९:१९