शिन क्योकोशिन राष्ट्रिय खेलाडी देव घिमिरेको ७० वर्षीया बाबुले कारको लाईसेन्स पास गरे

  • 370
    Shares
ईच्छा शक्ति र मेहिनत भयो भने असम्भव भने केहि हुदैन भने उदाहारण हुन ७० वषिर्य वृद्ध बच्चुराम घिमिरे ।
चन्द्रागिरी नगरपालिकाका–१२ बलम्वु गुर्जुधाराका बच्चुराम घिमिरेले आज ७० वर्षका उमेरमा कारको परीक्षा उत्तीर्ण गरेका हुन् । लिखित परीक्षा उत्तीर्ण गरेका घिमिरेले आज प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरेका हुन् ।

राष्ट्रिय शिन क्योकोशिन खेलाडी देवकुमार घिमिरेका पिता बच्चुरामले भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरमा एक महिनाको कक्षा पश्चात ड्राईभिङ लाईसेन्स प्राप्त गरेका हुन ।

दुई महिना अघि नाती नातिनी र बुहारी छोराको साधनमा हिड्ने घिमिरे आफै कारमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको बताए ।
उनले भने, “धेरै पटक सवरी साधनमा पशुपति, लगायत मठ मन्दि«रमा पुगेको छु, कहिलेकाहीँ छोरा राजेशले लाइसेन्स नभई गाडी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ ।”

कुनै घटना भइहाले बाबुले लाइसेन्स विना गाडी चलाए भनेर खबर जाला भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो ।
यो भन्दा अगाडी सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका प्रतिनिधिसभाका नवनिर्वा्चित सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतका पिता ७० वर्षिय पूर्णबहादुर बस्नेतले स्कुटरको परीक्षा उत्तीर्ण गरेका थिए ।
प्रकाशित : २०७६, ७ असार शनिबार १८:५५