काठमाण्डौ ÷७ असार देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको आफ्नो ११औं स्थापना दिवसको अवसरमा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान जीवन दान भने मुल नाराका साथ रक्तदान कार्यक्रम संस्थाको वार्षिक अवसरमा गर्दे आईरहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले बताए ।