नेकपाको बैठक निस्र्कष विहिन कुनै विषयमा भएन निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक नेकपाको बैठक निस्र्कष विहिन भएको छ ।प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न बसेको बैठक कुनै निर्णय विना नै स्थगित भएको हो ।

राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्ने भनिए पनि बैठकमा खास एजेन्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओली इदुल फित्रको कार्यक्रममा जानु पर्ने भएकाले अरु विषयमा छलफल नै हुन नपाएको नेता बामदेव गौतमले बताए ।

उनले भने, ‘आज जानकारी लिने र दिने काम मात्र भयो । कुनै निर्णय भएन ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालयको बैठक हो ।

बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक गृहकार्यसहित बस्ने सहमती भए पनि कहिले बस्ने भन्ने मिति तय भएको छैन ।

महासचिव विष्णु पौडेलका अनुसार राजनीतिक प्रतिवेदन कसरी सम्पादन भइरहेको छ भन्ने जानकारी गराएका थिए । साथै छिट्टै एकताका बाँकी काम सम्पन्न गर्ने निष्कर्ष निकालिएको उनले बताए ।