हतियार सहित विप्लव माओवादीका दुई कार्यक्रता पक्राउ

  • 13
    Shares
९ असार, विराटनगर । मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई हतियार सहित पक्राउ गरेको छ ।
नेकपा मओवाादी विप्लवको जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई हतियार सहित पक्राउ गरेको हो ।
विप्लवको भोलीको बन्दको पुर्व सन्ध्यामा अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले हतियार सहित पक्राउ गरेका हो ।
प्रहरीको श्रोतका अनुसार विप्लव माओवादीको गतिविधी निकारानी गर्ने क्रममा अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित पक्राउ परेको हो ।
प्रहरी श्रोतका अनुसार धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समुहले जनपरिषद प्रमुख घोषणा गरेका व्यक्ति भएको जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।