All for Joomla All for Webmasters
Home विचार आईएलओको शतबार्षिकी समारोह र युरोप भ्रमण

आईएलओको शतबार्षिकी समारोह र युरोप भ्रमण

  • 87
    Shares

मेरो लागि यो एउटा यात्रा मात्रै थिएन, धेरै कुराहरु सिक्नु थियो । नेपालको ट्रेड यूनियन आन्दोलन र विश्वका विभिन्न देशका ट्रेड यूनियन आन्दोलनका विषयमा अनुभवको आदान प्रदान गर्नु थियो, अनि विश्वभरी ट्रेड यूनियनहरुलाई सघाईरहेको आइ।एल।ओ।ले कसरी काम गर्छ त्यो जान्नु पनि थियो । बर्षै पिच्छे आइएलओले अन्तराष्ट्रिय श्रम सम्मेलन गर्छ र विश्व भरीबाट सरकार प्रमुखहरु, रोजगारदाता र ट्रेड यूनियनहरुको सहभागिता हुन्छ ।

यसपटकको श्रम सम्मेलन किन पनि महत्वपूर्ण थियो भने एक त यो आईएलओको स्थापनाको १००औं बर्षको अवसरमा आयोजित थियो भने अर्कोतिर नेपालमा ठूला ट्रेड यूनियनहरुको विचको एकता र सहकार्यलाई विश्वभरीका ट्रेड यूनियनहरुले चासो पूर्वक हेरिरहेका थिए ।
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली स्वयम् हाम्रो भ्रमणदलको प्रमुख हुनुहुन्थ्यो, हामीसँगै श्रम तथा रोजगारमन्त्री माननीय गोकर्ण विष्ट पनि उक्त भ्रमण दलको सदस्य हुनुहुन्थ्यो । यसर्थ पनि यो सम्मेलन नेपालको लागि विशेष महत्वको थियो र उक्त विशेष महत्वको सम्मेलनमा सहभागी हुन पाउनु मेरोलागि पनि गौरवको विषय हो ।


मेरो जेनेभा यात्रा अनिश्चितताको भूमरीभित्रै रुमल्लिरहेको थियो । जब जेटियूसिसीको बैठकले मेरो नाम पनि सिफारिस गरिसकेपछि मेरो भिसा प्रक्रिया अगाडि बढ्यो । म र हाम्रो अखिल नेपाल ट्रेड यूनियन महासंघका उपमहासचिव आदरणीय कमरेड शालिकराम काफ्ले २०१९ जुन १० देखि २१ सम्म चल्ने १०८ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा जाने निश्चित भयो ।
◦ म र कमरेड शालिक काफ्ले लगायत अन्य ट्रेड यूनियनबाट सहभागी हुने ५ जना साथीहरु सहित हामीहरूको ७ जनाको टिम ८ जुनको दिन विहान ८ बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल छाड्यौं । हामीलाई जेनेभा यात्रा सफलताको कामना सहित विदाई गर्नको लागि उपस्थित हुनुभएका संगठनका उपाध्यक्ष लक्ष्मण न्यौपाने, महासचिव चिजकुमार ढकाल लगायतका साथीहरू र परिवारका अन्य सदस्यहरूलाई विदाई गरेर एरर्पोटभित्र प्रवेश गर्दा मनमा अनेक विषयहरु खेल्दा रहेछन् । नयाँ ठाउँ प्रतिको उत्शुकता, कार्यक्रमप्रतिको गम्भीरता र साथीभाई संगठनलाई छोड्नु पर्दाको एक खालको चिन्ता एकैचोटी छचल्किदोरहेछ मनभित्र ।


लगातार ८ घण्टाको हवाई यात्रा पश्चात हामी टर्कीको स्तानबुल एरर्पोटमा अवतरण गरियो । लामो आकाश यात्रा, विकासको उच्चत्तम रुप र टर्किको पर्यटकप्रतिको सम्मान भावले मन थकाईलाई महशुस हुन दिएन । वेटिङ्ग रुमको व्यवस्थापन, वासरुमको अवस्था, विश्वभरीका मानिसहरुको चहल पहल, एरर्पोट व्यवस्थापनका लागि खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुको कामप्रतिको लगाव सवै मेरा लागी नयाँ थिए । यीनै विषयहरु आँखा वरिपरी नाँचिरहन्थे र सामान्यतया ४ घण्टा लामो ट्रान्जिट पिरियड पनि हामीलाई सहज जस्तै लागिरहेको थियो ।
◦ हाम्रो यात्रा जेनेभा तर्फ अगाडि बढ्यो । हामी सवै प्रतिनिधिहरु टर्किस यएरको ठूलो विमानमा फेरी जेनेभा उड्यौं । दिउँसोको समयको झण्डै ४ घण्टा लामो हवाई यात्रा सहज, सरल र रोमाञ्चक थियो । यही रोमाञ्चकतालाई छिचल्दै हामी स्वीजरल्याण्डको अन्तराष्ट्रिय विमानस्थलमा अवतरित भयौं । विमानस्थलको प्रशासनिक कार्य भ्याइसकेपछि हामी ट्याक्सी प्रयोग गरि सिधैं फ्रान्सको आन्नामाशे सहरमा रहेको होटल एफ वानमा पुग्यौं । जुन होटल हाम्रो लागि बुक गरिएको थियो ।

जुन ९ का दिन एफ वान होटलबाट बिहानको खाजा खाएपछि हामी जेनेभा स्थित आई.एल.ओ.को प्रधान कार्यालय गयौं र नाम दर्ता गरी परिचय पत्र लिने काम गरियो र उक्त दिन स्वीजरल्याण्डको अबलोकन भ्रमण पनि भयो । बेलुका हामी पूनहः  एफ वान होटलमा पुग्यौं ।
◦ जुन १०, यो दिन कार्यक्रमको अत्यन्तै महत्वपूर्ण दिन कार्यक्रमको उद्घाटनको दिन थियो हामी विश्वभरका प्रतिनिधिहरु यू।एन।को सभा हलमा आ–आफ्नो स्थानमा थियौं । हल अत्यान्तै आकर्षक तरिकाले सजाईएको थियो भने साईड हलहरुमा पनि प्रोजेक्टर मार्फत हेर्ने व्यवस्था मिलाइएको थियो । कार्यक्रममा ४५ देशका राष्ट्र प्रमुखहरुको सहभागिता थियो । नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा वोलीले पनि उक्त दिन आफ्नो महत्वपूर्ण सम्बोधन गर्नुभयो, उहाँले नेपालको ट्रेड यूनियन आन्दोलनको विकास क्रमलाई, सामाजिक सूरक्षाको कार्यन्वयनवारे र समग्र नेपालको भौगोलिक,राजनैतिक अवस्थावारे विश्वभरीका राष्ट्र प्रमुखहरुका विचमा प्रस्तुत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


हाम्रो लागी कार्यक्रमको तालिका मिलाएर युरोप भरीका आफन्त, साथीभाईहरुको भेटघाट मिलाउनु अत्यान्तै जटिल बनिरहेको थियो । कार्यक्रमका महत्वपूर्ण शेसनहरु छोड्न मिल्दैनथ्यो, यूरोप पुगेका बेला त्यहाको विकास, समृद्धि र जीवनशैलीको अध्ययान गर्नु पनि मेरा लागि अर्को उत्कट इच्छा थियो ।
जुन ११, को दिन विहानै हामी अन्नामाशे शहरबाट ५ जना साथिहरू फ्रान्सको राजधानी पेरिस तर्फ अगाडि बढ्यौं । हामीलाई आईफिल टावरमा पुग्नु थियो । त्यहाँको पर्यटक प्रवद्र्धनको शैली अध्ययन गर्नुथियो । एउटा राज्यले कसरी एउटा ऐतिहासिक स्थानलाई विश्वभरी परिचित गराउन सक्छ रु मेरो मनमा यस्तै प्रश्नहरु दौडिरहेका थिए । हामीलाई अन्नामाशे सहरबाट पेरिस पुग्न ट्रेनमा झण्डै तीन घण्टा समय लाग्यो । फ्रान्सको राजधानी पेरिस साँच्चिकै रोमाञ्चक शहर हो ।

आईफिल टावरले विश्वभरीका पर्यटकहरुलाई आफूतिर आकर्षित गरिरहेको छ । हामी पेरिसको प्राकृतिक सुन्दरता, बैज्ञानिक शहरी व्यवस्थापन, अत्याधुनिक कृषि प्रणाली र पर्यटक नै त्यहाँको मूख्य आर्कषण थियो । जुन ११ तारिकको दिन हामी पेरिसमा नै बस्यौं र १२ जुनमा हाम्रो यात्रा सहयोगि माननीय पूर्णा जोशी, विष्णु सर र श्याम जि आन्नामासे तर्फ फर्कनु भयो भने क। शालिक र म नेदरलेण्डको एण्डड्रोभन शहरमा बहिनी उषा नेपालले हामीलाई निमन्त्रणा गर्नुभएको थियो । उहाँको अतिथि बनेर हामी वुलेट ट्रेन मार्फत वेल्जियम हुदै एण्डड्रोभनसम्म पुग्यौ । हामीले झण्डै ४ दिन अघिदेखि नेपाली खानाको स्वाद लिन पाएका थिएनौं, त्यहाँको खानाले हाम्रो तृप्तता मेटिएको थिएन ।

जतिबेला पनि पाउरोटीले दिक्क बनाईरहेको थियो । बहिनी उषाले हामीलाई मिठो नेपाली खाना खुवाउनु भयो । उहाँको अतिथि सत्कारले पुल्कित हुँदै हामी जुन १५ सम्म बहिनी उषाको अतिथि बन्यौं । उहाँको श्रीमान मिस्टर रेनेले हामीलाई नेदरल्याण्डको भेल्केल शहरमा आयोजित अन्तरािष्ट्रय लढाकू विमानहरुको प्रदर्शनीमा मनोरन्जनको लागि लैजानु भयो तर हाम्रो लागि अत्यान्तै प्रकृतिक शुन्दरताले सुशोभित उक्त स्थानमा विश्वका शक्तिशाली लढाकू विमानहरुको प्रदर्शनी प्रत्यक्ष हेर्न पाउनु अत्यान्तै दूर्लभ विषय थियो ।
१४ तारिकको दिनमा बहिनी उषाले हामीलाई आम्सड्रम घुमाउनु भयो, जुन नेदरल्याडको राजधानी शहर पनि हो । यसरी हाम्रो जेनेभा भ्रमणमा हामीलाई अत्यान्तै आत्मियता पूर्वक नेदरल्याण्डका विभिन्न शहरमा घुमाएर र घरमा मिठो खानेकुरा खुवाएर बहिनी उषा, ज्वाईं रेने र भान्जीले हामीलाई सहयोग गर्नुभयो ।
१५ तारिख साँझ हामीलाई आम्सड्रममा रहनुभएकी पाल्पाकी वहिनी मनिषाले साँझ डिनरको लागि निमन्त्रणा गर्नुभएको थियो । वहिनी मनिषाको निमन्त्रणालाई स्वीकार गर्दै हामी उहाँको घरमा पुग्यौ अत्यन्तै व्यस्तता भर्खरको सुत्केरी नेदरलैंड्सको नागरिक श्रीमान उहाले हामिहरूलाइ समय दिनु नै ठूलो कुरा थियो तर पनि उहाँले हामीलाई मिठो, स्वादिलो नेपाली खाना खुवाउनु भयो हामि आभारी भयौ।
◦ १६ जुन हाम्रो लागि रेस्ट पिरियड थियो । लामो समयको लगातार घुमाईले शरीरमा थकाईको महशुस भईरहेको थियो । कपडा धुने, नुहाउने र रेष्ट पश्चात हामी स्थानीय वजार अवलोकन पश्चात जनबोसमान्स नेदरलेण्डका नागरिकको निमन्त्रणालाइ स्वीकार्दै साँझको भेटघाटको लागि हामि उहाकोमा पुग्यौं उहाँ त्यहाँको सामाजिक कार्यकर्ता हुनुहुँदो रहेछ । उहाँले किर्तिपुर नगरपालिकामा रहेको एउटा सामाजिक संस्थाको मुख्य डोनर पनि हुनुहुँदो रहेछ ।

नेपालीहरु त्यहाँ पुग्दा उहाँले अत्यान्तै सम्मान भावका साथ आदार गर्नुहुँदो रहेछ । उहाँको आदरभावले हामी सम्मानीत भएको महशुस गरियो ।
१७ तारिख हामी बेल्जीयमक हामी पेरिसको प्राकृतिक सुन्दरता, बैज्ञानिक शहरी व्यवस्थापन, अत्याधुनिक कृषि प्रणाली र पर्यटक नै त्यहाँको मूख्य आर्कषण थियो । जुन ११ तारिकको दिन हामी पेरिसमा नै बस्यौं र १२ जुनमा हाम्रो यात्रा सहयोगि माननीय पूर्णा जोशी, विष्णु सर र श्याम जि आन्नामासे तर्फ फर्कनु भयो भने क। शालिक र म नेदरलेण्डको एण्डड्रोभन शहरमा बहिनी उषा नेपालले हामीलाई निमन्त्रणा गर्नुभएको थियो ।

उहाँको अतिथि बनेर हामी वुलेट ट्रेन मार्फत वेल्जियम हुदै एण्डड्रोभनसम्म पुग्यौ । हामीले झण्डै ४ दिन अघिदेखि नेपाली खानाको स्वाद लिन पाएका थिएनौं, त्यहाँको खानाले हाम्रो तृप्तता मेटिएको थिएन । जतिबेला पनि पाउरोटीले दिक्क बनाईरहेको थियो । बहिनी उषाले हामीलाई मिठो नेपाली खाना खुवाउनु भयो । उहाँको अतिथि सत्कारले पुल्कित हुँदै हामी जुन १५ सम्म बहिनी उषाको अतिथि बन्यौं । उहाँको श्रीमान मिस्टर रेनेले हामीलाई नेदरल्याण्डको भेल्केल शहरमा आयोजित अन्तरािष्ट्रय लढाकू विमानहरुको प्रदर्शनीमा मनोरन्जनको लागि लैजानु भयो तर हाम्रो लागि अत्यान्तै प्रकृतिक शुन्दरताले सुशोभित उक्त स्थानमा विश्वका शक्तिशाली लढाकू विमानहरुको प्रदर्शनी प्रत्यक्ष हेर्न पाउनु अत्यान्तै दूर्लभ विषय थियो ।
१४ तारिकको दिनमा बहिनी उषाले हामीलाई आम्सड्रम घुमाउनु भयो, जुन नेदरल्याडको राजधानी शहर पनि हो । यसरी हाम्रो जेनेभा भ्रमणमा हामीलाई अत्यान्तै आत्मियता पूर्वक नेदरल्याण्डका विभिन्न शहरमा घुमाएर र घरमा मिठो खानेकुरा खुवाएर बहिनी उषा, ज्वाईं रेने र भान्जीले हामीलाई सहयोग गर्नुभयो ।
१५ तारिख साँझ हामीलाई आम्सड्रममा रहनुभएकी पाल्पाकी वहिनी मनिषाले साँझ डिनरको लागि निमन्त्रणा गर्नुभएको थियो । वहिनी मनिषाको निमन्त्रणालाई स्वीकार गर्दै हामी उहाँको घरमा पुग्यौ अत्यन्तै व्यस्तता भर्खरको सुत्केरी नेदरलैंड्सको नागरिक श्रीमान उहाले हामिहरूलाइ समय दिनु नै ठूलो कुरा थियो तर पनि उहाँले हामीलाई मिठो, स्वादिलो नेपाली खाना खुवाउनु भयो हामि आभारी भयौ।
◦ १६ जुन हाम्रो लागि रेस्ट पिरियड थियो । लामो समयको लगातार घुमाईले शरीरमा थकाईको महशुस भईरहेको थियो । कपडा धुने, नुहाउने र रेष्ट पश्चात हामी स्थानीय वजार अवलोकन पश्चात जनबोसमान्स नेदरलेण्डका नागरिकको निमन्त्रणालाइ स्वीकार्दै साँझको भेटघाटको लागि हामि उहाकोमा पुग्यौं उहाँ त्यहाँको सामाजिक कार्यकर्ता हुनुहुँदो रहेछ । उहाँले किर्तिपुर नगरपालिकामा रहेको एउटा सामाजिक संस्थाको मुख्य डोनर पनि हुनुहुँदो रहेछ । नेपालीहरु त्यहाँ पुग्दा उहाँले अत्यान्तै सम्मान भावका साथ आदार गर्नुहुँदो रहेछ । उहाँको आदरभावले हामी सम्मानीत भएको महशुस गरियो ।

१७ तारिख हामी बेल्जीयमको लियूभियन शहरको यात्राको लागि जानु पर्ने थियो । त्यहाँ मेरो माईजु आस्था हुनुहुन्छ । हामी माईजुको निमन्त्रणालाई स्वीकार गर्दै आम्सड्रम्सबाट लियूभियनसम्म फ्लेक्स बस मार्फत गयौं । झण्डै ४ घण्टा लामो राजमार्गको बस यात्रा हाम्रो लागी अर्को नयाँ अनुभूति थियो । यूरोपियनहरु अत्यान्तै सभ्य, सफा, सहयोगी र पोजेटिभ सोचाईका हुदोरहेछन उनीहरुसँगको यात्रा हाम्रा लागि रोमाञ्चक बन्यो । हामीलाई लियूभियानमा बहिनी ९माईजुकी कान्छी छोरी०ले स्वागत गर्नुभयो । हामीलाई बहिनीले फेरी अर्को बस मार्फत उहाँको घरसम्म पुर्याउनुभयो । माईजुले हाम्रो लागि लन्चको तयारी गर्नुभएको थियो । बेथेको साग, गुन्द्रुकको अचार र स्वादिलो दालभात तरकारीले मलाई प्यूठानको भान्छा सम्झायो ।
त्यस पश्चात दाङ्का साथी विरेन्द्र मल्लसँग पनि हाम्रो त्यही भेट भयो । लन्च पश्चात हामी ४ जना २ वटा स्कुटर लिएर त्यहाको मुख्य युनिभर्षिटिलगायत करिव ४ घण्टा शहर भ्रमण गरियो त्यहाँका पार्कहरु अत्यन्तै सुन्दर थिए । लुयूभियन सहर यूरोपको शैक्षिक केन्द्र नै रहेछ। विश्वभरीका विद्यार्थीहरु उच्च शिक्षाको लागि यहाँसम्म आईपुग्दारहेछन। लियूभियन शहरमा नेपालीहरुले संचालान गरेका रेष्टुरेण्टहरु पनि भेटिए । नेपालीहरुको बाक्लो उपस्थिति पनि थियो, साँझ हामी वाहिर बजार पनि घुम्यौं र बेलुका अवेर हामी माईजुकोमा नै र्फिर्कयौं ।

१८ तारिखमा हामीलाई माईजुले बस्रेल्स लैजानुभयो । ब्रसेल्स बेल्जीयमको राजधानी शहर हो, जसलाई यूरोपकै राजधानी पनि मानिन्छ । हामीसँग दाङ्का मित्र शिव डाँगीले आफ्नै कारमा घुमाउनु भयो । बस्रेल्सको घुमाई आत्मियता, नेपालित्व र त्यहाँको वातावरण आदी विषयले मन रोमाञ्चित बनाईरहेको थियो ।
१८ तारिख साँझ माईजु र मित्र शिव डाँडी ब्रुसेल्सबाट लियूभियन फर्कनु भयो, हामीहरु जर्मनीको यात्रामा हिड्यौं । जर्मनीको एसन शहरमा हामी बस्यौं । जर्मनीमा नेपाली साथीभाईहरु, इस्टमित्रहरुसँग छोटो भेटघाट गरियो । कार्य व्यस्थताले गर्दा कतिपय साथीहरुलाई भेट्न सकिएन । मनमा थक थक लागिरहेको छ ।
१९ तारिख साँझ हामी जर्मनबाट फेरी नेदरलेण्ड बहिनी उषाकोमा नै आयौं । २० तारिख हाम्रो यूरोप बसाईको अन्तिम दिन थियो । हामीलाई बहिनी उषाले त्यहाँको म्यूजियममा पनि लैजानु भयो । त्यहाँ विश्व प्रशिद्ध व्यक्तिहरुको आकर्षक मुर्तिहरु बनाइएको रहेछ । विश्वभरका मानिसहरुलाई त्यसले आकर्षण गर्दे रहेछ । हामी पनि त्यहाँ पुग्यौ र फोटो खिच्यौं । बेलुका हामी बहिनी उषाकोमा नै बस्यौ
२१ तारिख हामी एन्ड्रोभनबाट ट्रेन मार्फत आम्सड्रम अन्तराष्ट्रिय विमानस्थल पुग्यौ,आम्सड्रम्स एयरपोर्टबाट टर्किश एयरलाइन्सको बिमानमा ३ घण्टाको हवाइयात्रा पछि टर्कीको स्तानवुल एयरपोर्टमा अवतरण गरियो ४ घण्टाको ट्राँजिट ५५ मिनेट बढेर गयो स्तानबुलबाट साँझ काठमाण्डौको लागि हाम्रो यात्रा अगाडि बढ्यो र हामी २२ तारिख विहान त्रिभुवन अन्तराष्ट्रीय विमान स्थलमा अवतरण भयौं । हामिलाइ स्वागत भनौ वाँ रिषिभको लागि मेरो मितज्यू शिव पुरी र संगठनको कोषाध्यक्ष क। मदन अधिकारी विहान ८ वजेनै पुगिसक्नु भएको रहेछ तर निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो विमान अवतरणको कारण उहाहरूलाइ १ घण्टा समय विताउन र पार्किंगमा केहि समस्या भएनै होला तर हामी उहाँहरूप्रति आभारी छौ। आगामी दिनहरूमा पनि पार्टी, संगठन र राष्ट्रको निम्ति समर्पण गर्ने प्रतिबद्धता सहित क्रान्तिकारी

शिव पोख्रेल
सचिवालय सदस्य,
अखिल नेपाल ट्रेड यूनियन महासंघ

प्रकाशित : २०७६, ११ असार बुधबार ११:३४