अवैध लागूऔषध सहित पक्राउ

  • 9
    Shares
काठमाडौं, १२ असार  गोकर्णेश्वर नगरपालिका ४ नारायणटारबाट काठमाडौं बल्खु बस्ने बारा घर भएका २० वर्षीय दिनेश चौधरी र काठमाडौं गोकर्णनगरपालिका ७ दक्षिणढोका बस्ने बारा घर भएका ३२ वर्षीय राजु लामालाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १ हजार १ सय ९० पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्तबौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी,बर्दिबास नगरपालिका ५ गौशला चोकबाटसोही नगरपालिका १४ बस्ने ४५ वर्षीय राजेश कुमार शाही समेत २ जनालाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याब्लेट ८ सय २५पिस, नोफिन ६ पिस, डाईजेल्याप ६ पिस, फेनरागन ६ पिस र ऐस्पाईसमो ७२ पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले ज.८ प२९३ नम्बरको मोटरसाइकल जाँचगर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ,घोराही उपमहानगरपालिका(१५ पुरानो बसपार्कबाटरोल्पा माढी गाउँपालिका(२ बस्ने ३० वर्षीय सुरेश बुढा लगायत २ जनालाई अवैध लागूऔषध अफिम करिब २.५ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर,मनहरी गाउँपालिका ८ सिमपानीबाट करिब २५ केजी लागूऔषध गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले जेब्रा झोला छोडी फरार भए पश्चात झोला जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित : २०७६, १२ असार बिहीबार १४:३४