गैंडाको खाग सहित ३ जना पक्राउ

  • 11
    Shares

काठमाडौं, १२ असार   प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका १७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग बस्तु १ थान र सेतो सिसाकोपत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १७ ढल्कु बस्ने गोरखा चुमनुब्री गाउँपालिका ३ सिर्दिबास बस्ने ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ महादेववेशि थाक्रे गाउँपालिका ६ बस्ने मकवानपुर घर भएका ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ महादेववेशि थाक्रे गाउँपालिका ११ बस्ने ३४ वर्षीयगोबिन्द प्रसाद मोक्तान रहेका छन् ।

उक्त स्थानमा डेरा गरी बस्ने लाल बहादुर गुरुङ लगायतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा बिक्रीबितरण कारोबार गरिरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लालबहादुरको डेराकोठा खानतलासीगर्दा उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ


पक्राउ परेकाहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्लावन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित : २०७६, १२ असार बिहीबार १४:४६