स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

  • 10
    Shares
१२ असार,पर्सा   स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटस्थितबाट स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी बस्नेहरू २० वर्षीयरंजन दास र २९ वर्षीयबाला यादव रहेका छन् ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले दास सवार ना.२५प३८५६ नम्बर र यादव सवार ना.५८प८८३९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुले आफ्नो खुट्टामा बाँधी लुकाई छिपाई ल्याएको उक्त रकम सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ दुवै जनालाई हुण्डी कारोवार सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित : २०७६, १२ असार बिहीबार १५:१३