अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्छु : अभिनेत्री मानन्धर

एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ‘बी प्लस’ ग्रेड ल्याएर उर्तिण

File photo

काठमाडौँ– बिहीबार सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ‘बी प्लस’ ग्रेड ल्याएर उर्तिण भएकी छन् ।

मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

थ्री जीपीए ‘बी प्लस’ ग्रेड ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिकृया दिएकी छन् ।

करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ थिइन् ।उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् ।आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।