चन्द्रागिरीमा माध्यामिक शिक्षा ‘‘एसईईको ” नतिजाले लियो किशोरीको ज्यान

काठमाण्डौं चन्द्रागिरी नगरपालिका १२ बलम्वु दुरसञ्चार नजिकै एसइइ परिक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्वर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ए प्लस नतिजा आएपछि, सदिक्षाले ए प्लस नआएको भन्दै आत्महत्या गरेको हुन सक्ने वताए ।

प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाईएको प्रहरीले बताएको छ । बलम्वु माध्यामिक विद्यालय वाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो ।

पछिल्लो समय बालबालिकाहरुलाई एसईईको कारण ज्यान गुमाईरहेका छन् । स्कूल ,अभिभावकहरुले आफ्नो बच्चाहरुलाई उचित परामर्श दिन नसक्दा यस्ता दुर्घटनामा बृद्धि भएको हो । बेलैमा यस्ता घटना दोहोरिन नदिन सम्वन्धीत निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित : २०७६, १४ असार शनिबार १९:२९