कंलकी–नागढुङ्गा सडक सरसफाई अभियान सुरु ।

१५ असार काठमाण्डौं ÷ चन्द्रागिरी नगरपालिका स्थित कंलकी–नागढुङ्गा सडक सरसफाई अभियान सुरु भएको छ ।
चन्द्रागिरी नगरपालिकाको संमन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने पूर्ण सरसफाई अभियान आईतवार बाट सुरु भएको हो ।

कंलकी १४ बाट सुरु भएको अभियानको चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका छन् ।
सरसफाई अभियानको उद्घाटन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरीलाई स्वच्छ हरावरा र धुलो मुक्त नगर बनाउने अभियान लागिपरिरहेको बताए ।

उनले भने लामो समय देखि कष्टकर यात्रा गर्नु पर्ने बाध्यता, धुवा धुलोले निरन्तर ४ बर्ष देखि समस्या भोगीरहेका हाम्रा स्थानियहलाई अव दिनमा धुवा धुलोले समस्या पर्ने दिन हटेर जानेछन, बाटो धमाधम कालो पत्रे हुदै छन् अव हरियाली चन्द्रागिरी,स्वच्छ सफा चन्द्रागिरी बनेछ र राजधानी भित्रने पाउनाहरुका लागि सधै मुख्य द्धार चन्द्रागिरी स्वागत गर्न तयार छ ।

नगरपालिकाको अभियानलाई गाउँगाउँसम्म लैजान आफूहरु लागिपरेको चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समिति सलाहाकार राजेन्द्र महर्जनले बताए ।

सरसफाई कार्यक्रममा महानगरी प्रहरी प्रभाग बलम्वुले पनि सामुदायीक प्रहरी साझेदारी अन्तर्गत सरसफाई कार्यक्रममा सहभागी भएको बलम्वु प्रहरीका प्रहरी निरीक्षक शंकर खड्काले बताए ।सरसफाई अभियानमा चन्द्रागिरी रेडक्रस सर्कल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको छ ।

प्रकाशित : २०७६, १५ असार आईतवार १३:५०