महिलाई योनाङ्ग देखाउने जादुलाल बालाजु प्रहरीको फन्दामा

१५ असार, काठमाडौं । महानगरीय प्रहरी बृत्त बालाजुले अनौठो घटना मा एक व्यक्तिलाई नियन्त्रणमा लियो ।
काठमाडौंको बनस्थली क्षेत्रमा कलेज पढ्ने किशोरी केही सातादेखि अनौठो समस्याबाट पीडित थिए ।

गल्लीबाट छिर्ने वित्तिकै एक अधवैंशेले बाटो छेक्थे, अगाडि पुगेर पाइन्ट खोलेर गोप्य अंग देखाइदिन्थे । यो समस्या निकै नौलो थियो र पिडित महिलाहरुले प्रहरीकोमा उजुरी गर्न अप्ठ्यारो पनि थियो ।

पीडित किशोरीले महानगरीय प्रहरी वृत्त, बालाजुका उजुरी गरेपछि सादा पोशाकका प्रहरी खटाइयो । पीडितले दिएको हुलियाअनुसारका ३९ वर्षीय जादुलाल राउत कुर्मी पक्राउ परे ।

प्रहरीले सोधपुछ गर्ने क्रममा उनले गल्ती स्वीकारे । बाराको कलैयाका कुर्मी गाडी ग्यारेजमा काम गर्छन् । बयानका क्रममा उनले यस्तो गतिविधिले आफूलाई आनन्द मिल्ने दाबी गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले उनले राम्री केटीलाई बाटो छेकेर यौनांग देखाउने गरेको बताएका अनुशन्धान वाट खुलेको बताए ।
महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटी भन्छन्न ‘हामीले उनीमाथि सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुर अन्तरगत कारबाही अघि बढाएका छौं ।’

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ अन्तर्गत नैतिकता विरुद्धको कसुर को दफा १२२ बमोजिम शार्वजनिक स्थानमा यौनाङ्ग नहुने हुदा निजलाई ६ महिना सम्म कैद वा ५ हजार सम्म जरिवान वा दुवै दुवै सजाय हुनसक्छ ।

यसअघि मुलुकी ऐनको विरोध र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गर्दा पक्राउ परेका युवा जितिन लिम्बुविरुद्ध पनि यही कसुरमा मुद्दा चलाइएको थियो ।

प्रकाशित : २०७६, १५ असार आईतवार २२:००