चिनिया टोलीद्वारा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु

  • 54
    Shares

दैलेख । चिनियाँ टोलीद्वारा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु भएको छ । आइबार दैलेख पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पन्चकोशीको अवलोकन भ्रमण पछि अन्वेषण लगत्तै उखनन्को काम सुरु गर्ने बताएका छन ।

उनले चिनियाँ टोलीले केहि हप्ता दैलेखमा बसेर अन्वेषणको काम सक्ने वित्तिकै उनिहरुले दिएको प्रतिवेदनको आधारमा उत्खनन्को काम अघि बढाउने बताए । पेट्रोलियम पदार्थको अन्वेषणमा चाइना सकारले ठुलो सहयोग गरेको मन्त्री यादवले बताए । चाइना जियोलोजिकल सर्भेको टोलीलाई चाइना सरकारले आफ्नै खर्चमा नेपालमा अन्वेषण गर्न पठाएकोमा चाइना सरकार प्रति आभार प्रकट गरे ।

उनले भने- “दैलेखमा पेट्रोलियम पदार्थ छ भन्ने पुर्खाहरुले नै थाहा पाइसकेको कुरा हो, त्यसैले पुर्खाहरुले यहाँ मन्दिर बनाएर पुजा गर्ने गरेका थिए , यसलाई हामीले वैज्ञानिक रुप दिन खोजेको हौ ।” अन्वेषणमा पेट्रोलियम पदार्थको भन्डारण धेरै पाइएमा तत्काल उत्खनन्को काम गरिने पनि उनले बताए ।

उत्खनन् सुरु भएपछि यहाँका युवाहरुलाई उत्खनन् सम्बन्धी उच्च शिक्षा दिन कोटा छुटएर पढ्ने व्यवस्था समेत गर्ने बताए । कर्णालीमा धन भएपनि सोच भने गरिब भएकाले नै आर्थिक स्थितीमा कमजोर भएको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् गर्न संघिय, प्रादेशिक र स्थानीय सरकारको निकै महत्वपुर्ण भुमीका रहने मन्त्री यादवको भनाइ छ ।

तीन तहको सरकार सगै जिल्लाबासीको भुमिका महत्वपूर्ण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पेट्रोलियम पदार्थको उत्खनन् गर्न तीन तहको सरकार सगै जिल्लाबासीको भुमिका महत्वपूर्ण रहने बताए ।

लामो चर्चापछि अध्ययनले एक रुप पाएको छ । उनले भने- “पेट्रोलियम पदार्थको उत्खनन् हुनुनै राष्ट्रिय अर्थतन्त्रको सम्भावना भित्राउनु हो, पेट्रोलियम पदार्थको उत्खनन्ले कर्णाली प्रदेशको समृद्धि बढाउन अतुलनिय भुमिका खेल्नेछ ।”

धार्मिक हिसावले दैलेख निकै अब्वल

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धार्मिक हिसावले दैलेख निकै अब्वल रहेको बताइन् । उनले दैलेखमा औधोगिक क्षेत्रको प्रचुर सम्भावना रहेको बताइन् ।

यस्तै प्रतिनिधि सभाका सदस्य रविन्द्र शर्माले जिल्ला बासीलाई नानाथरीको कुराको पछि नलाग्न सुझाव दिएका छन् । पेट्रोलियम पदार्थको उत्खनन हुनु नै दैलेख बासीको मात्र नभएर सम्रग कर्णाली प्रदेशको भाग्य खुल्ने कुरामा प्रष्ट हुन आग्रह गर्नु भयो । उनले पेट्रोलियम पदार्थको उत्खनन सम्म आइपुग्न निकै सर्घष गर्नु परेको र अब सबै स्थानीयबासीको सहयोग र समन्वय आवश्यक रहेको कुरा बताए ।

२०५१ सालमा ग्यासको सम्भावना भनेर जिल्लामै पुगेका थिए गिरीजा प्रसाद कोइरला

दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले २०५१ सालमा दैलेख क्षेत्रमा ग्यासको सम्भावना छ भनेर जिल्लामै पुगेका तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरलाले पादुका मन्दिरमा आएर सरकाले पेट्रोलियम पदार्थको अन्वेषण गरेर उत्खनन् गर्ने सुझाव दिएको बताए । उनले भने, उनिसर्गै धेरै सरकार परिवर्तन भएपनि कुनै सरकारले चासो नदिएपछि यति पछि हुनु परेको हो । उनका अनुसार पेट्रोलियम पदार्थको उत्खनन सगै पन्चकोशी क्षेत्रको धार्मिक महत्व पनि अगाडी बढाउन माग राखेका छन् ।

चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका पदाधिकारीद्वारा अवलाेकन

आईतवार चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका पदाधिकारी सहितको टोलीले पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न श्रीस्थान, नाविस्था, धुलेश्वर र पादुका कोटिलाको अवलोकन गरेको हो ।

श्रीस्थानमा पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावनाबारे अन्वेषण निकै अघि नै गरिए पनि अरू सम्भाव्य स्थानमा योपल्ट अध्ययन गरिने भएको हो । प्रमुख सुधीर २०१८ फेव्रअरी २८ मा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भएको थियो ।

खानि तथा भुगर्भ बिभागका उपनिर्देशक सुधिर रजौरेका अनुसार जमिनको ५ देखि २० किमि सतहमुनिको बनावटको अध्ययन गरेपछि पेट्रोलियम पदार्थ जम्मा भएर बस्ने संरचना पत्ता लगाउन सकिन्छ, उनले भने, łविभागले गरेको अन्वेषणले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित भइसकेको छ ।

विभागका अनुसार दोस्रो चरणमा स्यास्ट्रिक सर्भे गरिनेछ । उक्त सर्भेमा जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरिन्छ । याो सर्भेबाट जमिनमुनि पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भनेर पत्ता लाग्छ प्रमुख रजौरेले भने । यसपछि मात्र पेट्रोलियम पदार्थ कति मात्रामा छ र आर्थिक रूपमा उत्खननयोग्य हुन्छ कि हुँदैन भनेर थाहा हुनेछ ।

उक्त ग्यास प्रमाणित भइसकेकोे ३ वर्षपछि उत्खनन तथा अन्वेषण गर्न लागिएको हो । यसअघि २०७२ चैतमा चिनियाँ विशेषज्ञ टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।
श्रीस्थान मन्दिरका पुजारी तथा महन्तहरु कतै पेट्रोलियम पदार्थको उत्खनन् पछि धार्मिक क्षेत्र मासिन्छ की भन्ने चिन्ता लागेको बताउछन् ।

मुख्य महन्त गोकर्णनाथ योगीले राज्यले उत्खनन् गर्दै गर्दा आफुहरुले विरोध हैन हिजो परमपुर्खा देखि धार्किक रुपमा चलिरहेको मठ मन्दीर उत्खनन्का क्रममा निरन्तर बलेको ज्वाला निभ्यो भने यहका अस्तित्व नै धरापमा पर्ने चिन्ता ब्यक्त गरेका छन् ।

प्रकाशित : २०७६, १६ असार सोमबार २२:१२