समृद्ध चन्द्रागिरि नगरपालिका बनाउनु पर्नेमा जोड : नगर प्रवक्ता हरि भक्त महर्जन

  • 291
    Shares

१८ असार काठमाण्डौ ÷ चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरि भक्त महर्जनले आर्थिक बर्ष ०७६÷०७७ को बजेटले जन अपेक्षा सहितको निति तथा कार्यक्रम तय गरिने बताएका छन् ।

चन्द्रागिरिमा आयोजित एक कार्यक्रममा नगर प्रवक्ता महर्जनले विकास निमार्णमा कनिका छरेजसरी बजेट छर्दैमा विकास नहुने बताएका हुन ।

उनले चन्द्रागिरि नगरपालिकालाई ऐतिहासीक,साँस्कृतिक नगरि समृद्ध पर्यटकीय चन्द्रागिरि नगरपालिका बनाउने अभियानमा बिशेष जोड दिए । उनले भने, ‘‘ यस नगरपालिकालाई समृद्ध हराभरा सफा,स्वच्छ र सुशासन र सुव्यबस्था कायम गरि चन्द्रागिरिका जनतालाई दिगो बिकास,आर्थिक समृद्धि र रोजगारको व्यवस्था गरि उत्पादन र आत्मनिर्भर कायम गराई सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा निरन्तर नगरपालिकाका जनप्रतिनिधिहरु प्रतिबद्धता रहनु पर्छ ”

कार्यक्रममा चन्द्रागिरिको बिकासमा सवैले हातेमालो गर्दे,शिक्षा,स्वास्थ्य,सञ्चार,सुरक्षा,सडक पुर्वाधार विकास,सामाजिक विकास तथा ऐन,नियम बनाई आर्थिक बर्ष ०७६÷०७७ को बजेटमा लक्ष्य सहितको बिकास योजनामा बिशेष प्राथमिकतामा जोड दिने बताए ।

प्रकाशित : २०७६, १८ असार बुधबार २२:०८