प्रहरी समायोजनको आधार तयार, समायोजनमा एक तह बढुवा गर्न नसकिने

  • 15
    Shares

काठमाडौँ । नेपाल प्रहरीले संघीयता कार्यान्वयनका लागि प्रहरी समायोजनको आधार तयार पारेको जनाएको छ ।

संसदको राज्यव्यवस्था समितिको बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारेको जानकारी दिनुभयो । सैद्धान्तिक विषयमा कुरा मिल्नासाथ समायोजनको काम अघि बढ्ने बताइएको छ ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा खनालले अहिले पनि प्रदेशको अभ्यासमा रहेको बताउनुभयो ।

अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाइएको छ । बैठकमा गृह सचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने बताउनुभयो ।

समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठेका बेला गृह सचिव राईको यस्तो भनाई आएको हो । उहाँले एक तह बढुवा गर्दा अप्ठ्यारो हुने बताउनुभयो ।

प्रहरीले समायोजनको क्रममा डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिको पद केन्द्र मातहत रहने भनेर प्रारम्भिक प्रस्ताव तयार पारेको छ ।

प्रकाशित : २०७६, १९ असार बिहीबार १७:३०