३ केजी चरेश सहित मार्मा गाउँपालिका बाट एक पक्राउ

जिल्ला प्रहरी कार्यालय दार्चुला  अन्तर्गत प्रहरी चौकी दल्लेखले ३ केजी ८०० ग्राम चरेश सहित एक जनलाई पक्राउ गरेकाे छ ।

जिल्ला दार्चुला मार्मा गाउँपालिकाबाट मोटरसाईकलमा लागुऔषध चरेश सदरमुकाम तर्फ ल्याईरहेको भन्ने विशेष सुराकीको आधारमा ३ केजी ८०० ग्राम चरेश सहित एक जनलाई पक्राउ गरेकाे हाे ।

चौकी दल्लेखबाट प्रहरी टोली जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं. २ दल्लेख बजार नजिकै रहेको दल्लेख होपरी सडक खण्डमा चेकजाँच गर्दा जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं. ६ बस्ने अन्दाजी बर्ष २४ को रमेश सिंह ठगुन्नाले चलाएको म १ प २४८४ नम्बरको अपाची मोटरसाईकलमा आईरहेको अवस्थामा निजले पिठ्युमा भिरेको झोलामा बोकी ल्याएको अवस्थामा लागुऔषध चरेश फेला पारी तौल गर्दा ३ किलो ८०० ग्राम सहित पक्राउ गरिएकाे दार्चुलाका प्रहरी निरीक्षक सुरज खड्काले बताए ।

प्रहरीका अनुसार मोटरसाईकल सहित निजलाई पक्राउ गरि लागुऔषध (नियन्त्रण ऐन) २०३३ अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालत दार्चुलाबाट ५ (पाँच) दिन म्याद थप लिई थप अनुसन्धान भई रहेको जनाएको छ ।

प्रकाशित : २०७६, २० असार शुक्रबार ००:२४