चन्द्रागिरिमा थानकोट जेसिजले गर्याे बृक्षारोपन

२१ असार काठमाडौ      राम्रो चन्द्रागिरि हाम्रो चन्द्रागिरि स्वच्छ,सफा हरियाली बनाउ सवै मिलिजुली भने नाराका साथ बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

थानकोट जेसिजको  आयोजनामा चन्द्रागिरि नगरपालिका ४ थानकोट प्राथमिक अस्पताल वरपर रहेको शार्वजनिक स्थानमा करिब १ सय ५० वटा विभिन्न जातका बिरुवा रोपिएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले चन्द्रागिरिलाई सुन्दर हरावरा बनाउने काममा युवा पुस्ताको भुमिका दिन प्रतिदिन बढ्दो रहेको बताए । उन्ले बिरुवा रोप्नेकाम भन्दा संरक्षण पक्ष महत्तवपूर्ण हुने बताए ।


कार्यक्रममा थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले बतावरण जोगाउनका लागि र पर्यापर्यटनका लागि पनि बृक्षारोपन महत्वपुर्ण कार्य रहेको बताए ।


नेपाल जेसिजका राष्ट्रय उपाध्यक्ष मोहन लाल डाँगीले सुन्दर हरावरा अभियानमा बृक्षारोपन कार्यक्रम सम्रग विश्वको पर्यावरणका लागि महत्वपुर्ण विषय भएको खण्डमा हरेका नागरिकलाई बातावरण प्रति चासो हुनु पर्ने औल्याए ।

थानकोट जेसिजका अध्यक्ष राज गोपालीले थानकोट जेसिज सामाजिक रूपान्तरणमा सधै अग्रसर हुँदै आईरहेको जानकारी गराउदै, हरियो स्वच्छ सफा नगरपालिका बनाउदै बाताबरण मैत्री नगरपालिका बनाउनेमा जोड दिए ।

थानकोट जेसिजका रिलेसन मेनेजर भुवन गिरीले थानकोट जेसिजले नयाँ अभियान सोरूप बृक्षारोपनमा उपस्थित सवैलाई मायाको चिनो सोरूप दुईदुई वटा बिरुवा आफ्नो घरवरपर रोप्नका लागि प्रदान गरि नयाँ आयामको सुरूवाट गरिएको बताए ।

बृक्षारोपन कार्यक्रममा स्थानीय जेसिजका पदाधिकारीहरूले विभिन्न जातका विरूवाहरू रोपेका थिए ।

बृक्षारोपन सुरूवात थानकोटका स्थानीय ९० बर्षिय बृद्ध नारायण गोपालीले कपुरको रूख रोपेर सुरू गरिएका थिए भने थानकोट जेसिजका महासचिव मनोज श्रेष्ठ र सदस्य राउल गोपालीले बृक्षारोपनको संयोजन गरेका थिए ।

प्रकाशित : २०७६, २१ असार शनिबार १४:३१