काठमाडौंमा भूकम्पको धक्का,भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर

२१ असार, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।

भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले  बताए।

भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए। भूकम्प गएलगत्तै उपत्यकामा बर्षा भइराखेको छ।

भूकम्पको केन्द्र, म्यागनेच्युड र क्षतिको विवरण आउन बाँकी छ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन्।