लागुऔषध सहित अधिकारी पक्राउ

काठमाण्डौं १७ चैत्र

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य चेक प्वाईन्ट नागढुंगा स्थित चेक जाँचको क्रममा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो । महानगरी प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले भैरहवा बाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु १ ख ९२४२ नम्बरको को यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा जिल्ला झापा गौरीगञ्ज गाउँपालिका वडा नं. ३ घर हुुने वर्ष २४ को समिर अधिकारीलाई पक्राउ गरेको वताए । अधिकारीले झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध डाईजेपाम १४७ एम्पल, फेनारगन १४५ एम्पल र नुफिन १४६ एम्पल फेला परेको हो प्रहरी उपरीक्षक थापाले भने ” पक्राउ परेको अधिकारी विरुद्ध लागुऔषध २०३३ अन्र्तगत मुद्धा चलाईने थानकोट प्रहरीले जनाएको छ ।