विकासको बारेमा धारणा परिवर्तन गर्नुपर्छ :मुख्यमन्त्री डोरमणि पौडेल

  • 10
    Shares
काठमाडौँ,  गोकर्णेश्वर नगरपालिका वडा नं- ४ मा गोकर्ण प्राथमिक अस्पताल समुदघाटन समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हामीले विकासको बारेमा धारणा परिवर्तन गर्नुपर्ने बताए। विकास भनेको केबल   पूर्वाधारको विकास हुनु मात्र नभई सबै क्षेत्रको विकास हुनुलाई विकास मान्नुपर्ने उनले बताए।
उनले उदाहरण दिदै भने यदि जेष्ठ नागरिकहरुको लागि बिश्राम स्थल र बालबालिकाहरुको लागि चिल्ड्रेन पार्क बनाउन सकेयौं भने त्यो जेष्ठ नागरिकहरु,बालबालिकाहरुको विकास हो । जहाँ उनीहरु रम्न सक्छन, खुलेर एकअर्का कुरा गर्न सक्छन। उनले भने अहिलेको सरकारको नीति अनुरुप देशभरी सबै गाउँपालिकामा १५ सैया भएको अस्पताल निर्माण गर्नु पर्ने हुन्छ र त्यसै अनुरुप अस्पतालको उद्घाटन भएको छ यो अभियान देशब्यापी रुपमा सुरु भएको बताए ।
अस्पतालको निर्माणमा सरकारको सहयोग हुन्छ त त्यसको ब्यबस्थापन स्थनीय निकायले नै गर्नु पर्ने संबैधानिक नियम नै हो उनले भने। हामीले बर्षेनी अन्य मुलुकबाट खाधान्न आयात गर्नुपरेको छ यदी यस्तो अबस्था नआउने हो र कृषि खेतिलाई ब्यबसायमुखी बनाउन सकेयौं भने नेपाललाई सम्बृद्ध बनाउन सक्छौं उनले भने नेपाललाई सम्बृद्ध बनाउने अर्को पाटो भनेको पर्यटन हो सम्भावित पर्यटन क्षेत्रलाई ब्यबस्थित, संरक्षण तथा सबर्धन गर्ने सकेमा पर्यटन आफै आउने छन्।
उनले भने प्रदेश सरकारको उद्देश्य भनेको भ्रस्टाचारिलाई निर्मुल पार्नु रहेको बताए। भ्रस्टाचारिलाई निर्मुल पार्नु सरकारको मात्र नभई सम्बन्धित सबै निकायको दायित्व हो र यसमा सबैको साथ मिल्नेमा बिस्वस्त रहेको बताए।
उनले भने नगरपालिका क्षेत्रको विभिद योजना सहित मास्टर प्लान बनाएर आउनुहोस् बजेट दिने मेरो जिम्मेवारी भो, पर्यटकीय हिसाबले भरिपूर्ण यो क्षेत्रमा रहेको सहिद पार्क प्रदेश सरकारलाई हस्तान्तरण गर्ने हो भने यसलाई रुपान्तरण गर्ने छौं।
प्रकाशित : २०७६, २१ असार शनिबार २०:३३