सिरिञ्ज आक्रमणको आशंकामा स्थानीयले गरे बनेपा प्रहरी कार्यालय घेराउ

खगेन्द्र पाठक सिरिञ्ज आक्रमणको आशंकामा पक्राउ ।

२३ असार काभ्रे, काभ्रेमा एक महिलाले सिरिन्ज अाक्रमण भयाे भन्दै प्रहरीकाेमा उजुरी दिए पछि काभ्रेमा यति खेर तनाव स्थिति सृजना भएकाे छ । प्रहरीले उत्त उजुरी अाउना साथ प्रहरी तत्काल परिचालित भई सिरिञ्ज आक्रमणको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले ‘पीडितको भनाई अनुसार खगेन्द्र पाठकले सिरिञ्ज हानेको हो भनेपछि आक्रमणको आशंकामा नियन्त्राणमा लिएकाे बताए ।

 

काभ्रे प्रहरी प्रमुख सापकोटाले भने विहान बसमा यात्रा गरेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएकी थिइन । तत्काल प्रहरी परिचालन पनि भयाे ।
शुरुमा स्थानीयले समातेका पाठकलाई जोगाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । स्थानीयले पाठकलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित इलाका प्रहरी कार्यालय लगेको छ ।
बनेपाको चारदोवाटोमा पक्राउ गरिएका पाठकलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको एस्पी सापकोटाले जानकारी दिए ।
सञ्चार्कर्मि राेजन तामाङका अनुसार स्थानीयबासीले पठकलाई राखिएको इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् । ।
पाठकले भने आफुले सिरिन्ज आक्रमण नगरेको बताएको प्रहरीको भनाई छ ।
पीडित महिलालाई भने उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको सञ्चारकर्मी कपिल काेईरालाले जानकारी दिए ।