कांग्रेस सभापति देउवा दम्पती धर्मकर्ममा , महायज्ञको आज छैटौं दिन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा श्रीमदभागवत सप्ताहा ज्ञान महायज्ञ चलिरहेको छ ।
महायज्ञ पवित्र कार्यक्रम असार १९ गतेदेखि २५ गतेका लागि आयोजना गरिएको हो । आज सप्ताहा ज्ञान महायज्ञको छैटौं दिन हो ।
सभापति  देउवा पत्नि एब नेतृ आरजु देउवाको अगुवाईमा उक्त सप्ताहा ज्ञान महायज्ञ भइरहेको हो । पछिल्लो समय कांग्रेस शभापति देउवा दम्पती धर्मकर्ममा लागि परिरहेका छन् ।
महायज्ञमा विभिन्न पार्टीका नेता, कार्यकर्ता लगायत विभिन्न क्षेत्रका गन्यमान्यहरुको बाक्लो उपस्थिती छ ।
सप्ताहा ज्ञान महायज्ञ भोली सातौं दिनमा समापन हुने छ ।
प्रकाशित : २०७६, २४ असार मंगलवार ११:५३