धादिङको गजुरीबाट २२० केजी लागुऔषद गाँजा सहित एक पक्राउ

  • 8
    Shares
गजुरी(धादिङ) ईलाका प्रहरी कार्यालय गजुरीले २ सय २० केजी लागु पदार्थ गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
मलेखु चितवन भण्डारा जाने चेपाङमार्ग बाट बिहीवार बिहानै २ सय २० केजि लागू पदार्थ गाजा को धुलो सहित एक जनालाई पक्राउ गरेको हो ।
गजुरी का प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले चेपाङ मार्ग को गजुरी २ डुङेठाटी मा कारोबारी हरुले गाजा किनेर लैजान लागेको सुचना पाए लगत्तै प्रहरीले बाटो मा उभिएर गाडी कुरेर बसेको अबस्थामा बेनिघाट रोराङ १ खामभन्ज्याङ बस्ने ४१ बर्षका काइला भन्ने डिल बहादुर तामाङलाई नियन्त्रणमा लिएको बताए ।
प्रहरी निरिक्षक खड्काले ८ वटा बोरा मा २५ २५ केजि का प्लास्टिक प्याकेज बनाएर राखेको अबस्थामा बरामद गरिएको बताए ।
बरामद लागु पदार्थ सहित तामाङ लाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाएको गजुरी प्रहरीले जनाएको छ ।
तामाङ यस अघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ बर्ष जेल बसेर छुटेको थिए ।
प्रकाशित : २०७६, २६ असार बिहीबार २१:४०