रबिन्द्र प्रताप सेनको प्रमुख रोल भएको गोर्खेको छायांकन सकियो

  • 158
    Shares

काठमाडौं । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमा गोर्खे को सम्पूर्ण छायांकन सकिएको छ।

गत बुधबार ललितपुरको चापागाउँ स्थित बज्रबाराही मन्दिरको जंगलमा सिनेमाको केहि सिन छायांकन गर्दै इण्ड्क्ल्याप गरिएको हो।

पाल्पा ,बर्दघाट,धम्पुस,पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस सिनेमालाई निर्देशक शंकर महर्जनले निर्देशन गरेका हुन्।

हिमाल केसीको द्वन्द निर्देशन रहेको यस सिनेमाले गोर्खे बन्ने सपना बोकेका ५  युवाहरुको पात्र लाई सिनेमामा देख्न  पाइने बताए निर्माता हरि थापाले।

सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन।

करिब ४५ दिनमा छायांकन सकिएको यस सिनेमाको एक गित सिन्के अचार अहिले निकै हिट पनि छ। यस सिनेमाको गीतमा कोरियोग्राफी भने शिब बि कको रहेको छ  ।

छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको यस सिनेमामा रबिन्द्र प्रताप सेन,अन्जली अधिकारी,अर्जुन गुरुङ्ग,आश्मी लामा,आश्मी श्रेष्ठ,एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ।

प्रकाशित : २०७६, २९ असार आईतवार ००:२२