प्रहरीले काँधमा अर्का प्रहरीलाई बोकेर उद्धार गरेको भाइरल फोटोको कथा

  • 36
    Shares

काठमाडौः  यति खअ‍ेर समाजिक सञ्जालमा प्रहरी निरिक्षक केशव राज केशव भट्ट भाइरल भएका छन् । असार २७ गते राजधानीको कंलकी मनसुनी वर्षाको कारण जलमग्न भएको थियो ।

थानकोट,त्रिवेणी, बल्खु खोलामा आएको भेलकाकारण कंलकी क्षेत्र डुवानमा परेको थियो । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको कार्यालय पानीले डुवेको थियो ।

घटना हो सामाजिक सञ्जालमा प्रहरी निरीक्षक केशव राज भट्टलाई प्रहरीले बोकेर वाहिर ल्यायो भने तस्वििर सामाजिक सञ्जालमा एकाएक भाईरल भए पछि ।

सामाजिक सञ्जालमा पोष्ट भएको तस्विर कार्यालयभित्र रहेका एक प्रहरीले काँधमा अर्का एकजनालाई बोकेर बाहिर निस्किएको तस्विर कैद पश्चात सामाजिक सञ्जालमा पोष्ट भए पछिको कुरा हो । दुवैले सुन्तला रङ्गको बर्षादी ओढेका प्रहरीनै थिए ।

त्यो दृष्य कैद गरेका थिए फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार प्रकास माथेमाले । माथेमाले आफ्नो क्यामराको लेन्स त्यतै तेर्स्याए र प्रहरीले काँधमा अर्का प्रहरी हिँड्दै गरेको दृष्य कैद गरे पछि । सामाजिक सञ्जाल निकै ततायो । सवैले आआफ्नो क्यापसन राख्दै फोटो पोष्ट गरेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्णी पनि हुन थाले ।

उनले खिचेको फोटो सबैले आफ्नै क्याप्सन राख्दै शेयर गरिरहेका थिए। धेरैले काँधमा चढ्ने प्रहरी निरिक्षक भएको र आफ्ना तल्लो तहका कर्मचारीलाई दुःख दिएको भन्दै गाली समेत गरिरहेका छन्।

फोटो भाइरल भएपछि सबैभन्दा बढी समस्यामा परे प्रभागका निरीक्षक केशव भट्ट। धेरैले निरीक्षक नै काँधमा चढेको भन्दै सामाजिक सञ्जालमा गाली आउन थालेपछि कुरै नवुझिकन सामाजिक सञ्जालको दुरुपयोगले समस्या आउने बताए ।

प्रहरी निरीक्षक केशव भट्टले भने,‘प्रभागमा तीनजना प्रहरी जवान बिरामी थिए। उनलाई ज्वरो आएको थियो। मैले नै पानी परिरहेको छ। बिरामी छन्। उनीहरुलाई सुरक्षित ठाँउमा लग्नु भनेको हुँ,‘ भट्टले सुनाए।

प्रहरीको काँधमा चढ्ने जवान सुभास खतिवडा भएको प्रहरीले बताएको छ । खतिवडाले तीन दिनदेखि औषधी खाइरहेका थिए। उनलाई बोक्ने प्रहरी जवान अरुण कहर हुन्। ।

प्रभागबाट काँधमा आफ्ना सहकर्मीलाई बोकेर उद्धार गर्ने प्रहरी जवान अरुण कहर थिए। उनले आफ्ना बिरामी सहकर्मीलाई आफूले काँधमा बोकेर उद्दार गरेको बताए। ‘हाम्रो अफिसमा तीन जना बिरामी हुनुहन्थ्यो। बिरामीलाई पानीमा भिजाउनु भएन।

मैले नै डोरी तानेर बोकेर लगेको हुँ,‘प्रहरी जवान अरुण कहरले भने, ‘मलाई पौडी खेल्न राम्रोसित आउँछ। यसअघि पनि बाढीमा बोकेर उद्धार गरेको थिएँ। ज्वरो आएका साथीलाई नभिजाऊँ भनेर बोकेको हुँ।‘ धादिङमा दरबन्दी रहेका जवान कहर नौ महिना अघि मात्र कलंकी प्रभाग आएका हुन् ।

प्रकाशित : २०७६, २९ असार आईतवार १७:२२