प्रदेश २ मा बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

फाईल तस्विर
  • 12
    Shares

१ असार, जनकपुरधाम । अबिरल बर्षापछि आएको बाढीका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । सबैभन्दा बढी रौतहटमा १० जना र महोत्तरीमा ६ जनाको मृत्यु भएको छ ।

सिरहा र धनुषामा ५/५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ

बाढीमा डुबेकामध्ये दुई जना अझै वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

उनका अनुसार बिभिन्न नदी किनारमा मृतकहरु फेला परेपछि मृत्यु हुनेको संख्या बढेको छ । सोमबारसम्म १४ जनाको मृत्यु भएकोमा मंगलबारसम्म डुबेका र बगेर वेपत्ता भएकाहरुको शव फेला परेको छ ।

प्रकाशित : २०७६, १ श्रावण बुधबार ०१:५६