अपडेट : धनगढी बम विस्फोटनमा घाईते सिंहको मृत्युु

३ साउन, धनगढी । धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी गम्भीर घाइते भएका राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

आफैंले बोकेको बम विस्फोट हुँदा सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोटका कारण गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले  जनाएकाे छ ।

प्रकाशित : २०७६, ३ श्रावण शुक्रबार ०८:४१